back
CTIZAN AD

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

वि.सं.२०८१ भदौ २४ सोमवार

756 

shares

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा गृहमन्त्रीको जवाफ मागेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले गृहमन्त्री रमेश लेखकले उक्त घटनाबारे सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका हुन् ।

उनले भने, ‘यो घटनामा सरकारले सदनमा आएर जवाफ दिनुपर्छ । यतिका समयमा समेत यो घटनामा जोडिएका दोषी को हो ? यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीले संसदमा आएर जवाफ दिन माग गर्न चाहन्छु ।’

सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? भन्दै उनले प्रश्न गरे । गत बिहीबार सकेट विष्फोट भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो भने दुई बालक घाइते भएका छन् ।

वि.सं.२०८१ भदौ २४ सोमवार १४:४२ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...