back
CTIZAN AD

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

वि.सं.२०८१ भदौ २५ मंगलवार

771 

shares

फुङ्लिङ (ताप्लेजुङ) । यहाँको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एकवर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् ।

वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए । त्यसपछि कार्यवाहक अध्यक्षमार्फत् वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन् । वडा अध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत असोज ५ गते स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए ।

वडाध्यक्षको अनुपस्थितिमा वडाका अन्य जनप्रतिनिधिले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाई भएको उनीहरुको भनाइ छ । गत साता स्थानीयले गाउँपालिका अध्यक्षलाई तत्काल वडाध्यक्षलाई फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग राख्दै पुनः ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, “जनताको प्रतिनिधित्व गर्ने आधारमा संविधान कार्यान्वयन गर्ने व्यक्ति गैरजिम्मेवार हुँदा कसरी विकास हुन्छ ? वडामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीविहीन अवस्था कस्तो हुन्छ ?” उनीहरुले वडाका समस्या तत्काल समाधान नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

 

वि.सं.२०८१ भदौ २५ मंगलवार १३:४४ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...