back
CTIZAN AD

चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

वि.सं.२०८१ भदौ ३१ सोमवार

885 

shares

जनकपुरधाम( धनुषा) । मधेश प्रदेशको चार जिल्लामा रु आठ अर्ब ५१ करोड ७९ लाखको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो । केही ठाउँमा थप सडक निमार्ण गर्ने कार्य भइरहेको छ ।

प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कूल तीन सय ९३ किमी सडक निमार्ण गर्ने लक्ष्य थियो । यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल निर्माण गरिएका छन् ।

हुलाकी सडक निमार्ण कार्य नेपाल तथा भारत सरकारको लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । हुलाकी सडक निर्माणबाट करिब ३६ लाख नागरिक लाभान्वित हुने उनले बताए । “हुलाकी सडक छेउछाउका जमिनको मूल्य आकासिएको छ, राजमार्गमा पर्ने ठूला तथा साना बजार आर्थिकरुपले समृद्ध हुँदै गएका छन् । राजमार्गमा सवारी साधनको आवागमनमा वृद्धि भएको छ”, उनले भने ।

कार्यालयबाट प्राप्त विवरणअनुसार निमार्ण भएको हुलाकी सडकमध्ये सिरहामा २९ दशमलव ९८ किमी (कमला–बलान सडक), २७ दशमलव ४६ किमीको गोलबजार जमदह लवदी र गरियानी खडग सडक, धनुषामा ३५ दशमलव ५८ किमीको कदम चौक-कप्टौल-निकौरिया सडक, १० किमीको यदुकोहा– खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमीको जनकपुरधाम-जलेश्वर भिठ्ठामोड सडक रहेका छन् ।

यसैगरी महोत्तरीमा निर्माण भएका सडकमा २० किमी लामो जनकपुर-बसविटी-वलुवा-हर्दिपोखर-भिण्डा-सङ्ग्रामपुर सडक निमार्ण गरिएको छ । सर्लाहीमा २२ दशमलव ४८ किमी लामो वेल्हीत्रिभुवन नगर सडक, २१ दशमलव २० किमी लामो फुलजोड-त्रिभुवन नगर सडक तथा ४० दशमलव ३७ किमी लामो शितलपुर-मलङ्गवा-खरैयाटोल सडक, २६ दशमलव ५९ किमी लामो नवलपुर-मलङ्गवा तथा ४० दशमलव ५८ किमी लामो नयाँ रोड-बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किमी सडक निर्माण सम्पन्न भएका छन् ।

वि.सं.२०८१ भदौ ३१ सोमवार १५:५३ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...