back
CTIZAN AD

नवलपुर स्थित बेलचौतारा पक्की पुलको शिलान्यास 

वि.सं.२०८१ असोज ३ बिहीवार

852 

shares

नवलपुर । बेलचौतारा पक्की पुलको शिलान्यास भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुलको शिलान्यास गरेका हुन् । पुले नवलपुरको देवचुली नगरपालिका अन्तर्गत वडा नं ३ र १२ लाई जोड्छ ।

पुल निर्माणका लागि गत जेठ ३० गते निर्माण कम्पनी ब्रदर्श देवचुली जेबी प्रालिसँग पूर्वाधार विकास कार्यालय नवलपुरले ठेक्का सम्झौता गरेको थियो ।  कार्यालयले कुल छ करोड ३० लाख ५८ हजार छ सय ५२ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए ।

निर्माण कम्पनीले २०८३ जेठ १५ सम्म निर्माण सम्पन्न गर्ने गरी दसैँ लगतै काम सुरु गर्ने उनले बताए । पुलको लम्बाइ ४५ मिटर र चौडाइ ८ मिटरको रहनेछ ।  मुख्यमन्त्री पाण्डेले विकास निर्माणको कामलाई राजनीतिक रङ्ग दिन नहुने भन्दै प्रदेश सरकारले पुललाई बहुबर्षे योजनामा राखेको बताए ।

कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बेलचौतारा पुल पूर्व पश्चिम राजमार्गबाट नजिक रहेकाले राजमार्ग अवरुद्ध हुँदा विकल्पका रूपमा प्रयोग गर्न सकिने बताए । उनले नवलपुर जिल्लालाई कृषिमा बजेटको सुनिश्चितता गर्नु आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा, गण्डकी प्रदेशका पूर्व कृषि मन्त्री महेन्द्र ध्वज जिसी, पूर्व सांसद ओमकला गौतम, विभिन्न राजनीतिक दलका प्रमुख, देवचुली नगरपालिकाका नगर प्रवक्ता, वडाध्यक्षहरू, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण  प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा गरेका थिए भने नगर उपप्रमुख पार्वता तिवारीले उपस्थित सबैलाई शब्दद्वारा स्वागत गरेकी थिइन् ।

वि.सं.२०८१ असोज ३ बिहीवार १२:१७ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...