back
CTIZAN AD

प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन

वि.सं.२०८१ असोज ४ शुक्रवार

582 

shares

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालयले घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) सञ्चालनमा ल्याएको छ । जिल्लास्थित मातहतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीलाई फुर्सदको समय सदुपयोग गरी आफ्नो बौद्धिक एवं ज्ञान क्षमताको विकास गर्न घुम्ती पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

कार्यालयले प्रहरीको व्यावसायिक, व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक सोच, ज्ञान, बुद्धि–विवेक र आत्मस्फूर्ति वृद्धि गराउन मद्दत पुगोस् भन्ने उद्देश्यले घुम्ती पुस्तकालयको अवधारणा ल्याएको हो । कार्यालय प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार व्यक्तिगत रुपमा सबै प्रहरी कर्मचारीले छुट्टाछुट्टै पुस्तक किनेर अध्ययन गर्न असहज हुने भएकाले प्रारम्भिक चरणमा जिल्ला प्रहरी कार्यालयले पुस्तकको व्यवस्थापन गरी सहजीकरण गरी व्यस्त कार्यतालिकाबाट अध्ययनका लागि समय निकाल्न प्रोत्साहन गरिएको हो ।

उनले उक्त पुस्तकालयबाट प्रहरी कर्मचारीमा ज्ञान–सीप, क्षमता अभिवृद्धि गरी सकारात्मक सोच र उच्च मनोबलकासाथ सेवा प्रवाहलाई निपूर्ण बनाउने अपेक्षा गरिएको बताए । “स्थानीय सेवानिवृत्त सुरक्षाकर्मीलाई पुस्तकालय पुनर्मिलन एवं अध्ययनको अवसर हुनेछ विश्वास लिएका छौँ”, उनले भने । उनका अनुसार प्रत्येक प्रहरी युनिटमा भएका पुस्तक पढिसकेपछि अन्य चौकीमा स्थानान्तरण गर्ने योजना बनाइएको छ ।

अनुपातिक रुपमा प्रत्येक ३० दिनमा विभिन्न प्रहरी इकाइमा उपलब्ध पुस्तकहरुलाई आवश्यकता पहिचानगरी पुस्तक आलोपालो वितरण गरी घुमाइने, पुस्तकको अभिलेख तथा मासिक एवं वार्षिक कार्यतालिका बनाइ सोहीअनुसार पुस्तक वितरण गर्ने तथा अध्ययनका लागि उत्प्रेरणा जगाउन ‘फोकल पर्सन’ राखी कार्यालय प्रमुखले नियमित सुपरीवेक्षण गर्नेगरी पुस्तकालयको अभिलेखीकरण कार्य गर्न प्रहरी अधिकृतलाई संयोजनको जिम्मेवारी दिइएको खड्काले जानकारी दिए ।

हाल इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी दोलालघाट, पाँचखाल, खावा, पनौती र काभ्रे भञ्ज्याङ प्रहरी चौकीलाई आवश्यक पुस्तक हस्तान्तरण गरिएको छ भने बाँकीलाई पुस्तक व्यवस्थापन भइरहेको कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रहरीचौकीहरुमा पुस्तक पुगेपछि प्रहरी मात्र नभई स्थानीयलाई पुस्तक पढ्न दिइने व्यवस्था मिलाइने छ ।

काभ्रेपलाञ्चोकका ४२ प्रहरी चौकीमा पाँच सय ८० प्रहरी कर्मचारी कार्यरत छन् । सबै प्रहरीलाई एउटा पुस्तक पुग्नेगरी सङ्कलन गर्ने र पढिसकेपछि जहाँ नजिक चौकी पर्छ त्यस ठाउँमा हस्तान्तरण गरिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । हप्ताअघि सञ्चालन सुरु गरिएको घुम्ती पुस्तकालयका लागि काभ्रेपलाञ्चोक प्रहरीलाई करिब चार सय थान विधागत पुस्तक सङ्कलन भएको छ  । विशेषगरी लघुकथा, घरेलु उपचार विधि तथा समुदायसँग घुलमिल हुने खालका कथा, कविता र उपन्यासका पुस्तक समेट्ने बताइएको छ ।फाईल फोटो

वि.सं.२०८१ असोज ४ शुक्रवार १४:३५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...