back
CTIZAN AD

फोनपेले गर्यो “सुपर यात्रा” अभियानको घोषणा

वि.सं.२०८१ असोज ४ शुक्रवार

705 

shares

काठमडौं । पालको प्रमुख डिजिटल भुक्तानी नेटवक फोनपेले “सुपर यात्रा” अभियानको घोषणा गरेको छ । फोनपेले यहि असोज २ गतेदेखि “सुपर यात्रा” अभियान सञ्चालन गरेको हो ।

फोनपेले दशैं र तिहार चाँडै नजिकिँदै गर्दा, यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित गरेको जनाएको छ ।

कम्पनीका अनुसार “सुपर यात्रा” अभियानको अंशको रूपमा, नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन्, जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा रु. २०० क्यासब्याकको लाभ लिन सक्नेछन् ।

यस बाहेक फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ । कम्पनीले एक जना भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नुका साथै हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउने जनाएको छ ।

यो पहल चाडपर्वको समयमा फोनपे प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिजÞाइन गरिएको कम्पनीले जनाएको छ । सहज अनलाइन सेवाहरूको बढ्दो प्राथमिकतासँगै, यसको बृहत एयरलाइन साझेदार र यात्रा प्लेटफर्महरूको नेटवर्क मार्फत फोनपे प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि एक समर्पित, नगदरहित अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

फोनपेका सीएसओ सुभोद शर्माले ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहेको बताएका छन् । सीएसओ शर्माले भने, “दशैं र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन् । ‘सुपर यात्रा’ अभियान मार्फत, हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं ।” “क्यासब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट, हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौ ।”, सीएसओ शर्माले भने ।

वि.सं.२०८१ असोज ४ शुक्रवार १४:३५ मा प्रकाशित

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...