back
CTIZAN AD

नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल

वि.सं.२०८१ असोज ४ शुक्रवार

561 

shares

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपालीको पहिचान भएको बताएका छन् ।

पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौँमा भएको भेटमा मन्त्री दाहालले नेपाली मौलिकता र नेपाली सङ्गीतको संरक्षण सबैको साझा दायित्व भएको बताए । नेपालका सबै जाति, भाषा, संस्कार र संस्कृति संरक्षणमा सरकार प्रतिवद्ध रहेको उनकोे भनाइ थियो ।

नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले कुनै पनि जातजातिको संस्कृति सङ्कटमा परे राज्यको परिचय नै सङ्कटमा पर्ने बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबै जातजातिको संस्कृति संरक्षणका लागि आफ्नो मन्त्रालयले सक्दो पहल गर्ने बताए ।

पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घका अध्यक्ष रवीन गन्धर्भले आफ्नो संस्थाले नेपाली मौलिक सङ्गीतको संरक्षण गर्न देशव्यापी अभियान सञ्चालन गरिरहेको बताए । गन्धर्भ जातिलाई लोपोन्मूख जातिमा सूचीकृत गर्नुपर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने, सङ्गीतमाथिको हस्तक्षेप रोक्नुपर्नेलगायतका विषयमा जागरण फैल्याउन अभियान थालिएको उनकोे भनाइ थियो । सो अवसरमा झापाको कचनवकल गाउँपालिकामा गन्धर्भ सङ्ग्रहालय, सभाहल, पहुँचमार्गलगायतका संरचना निर्माण गर्न तथा गन्धर्भ बस्तीमा ‘होमस्टे’ सञ्चालन गर्न आवश्यक सहयोगका लागि आग्रह गरिएको अध्यक्ष गन्धर्भले जानकारी दिए ।

वि.सं.२०८१ असोज ४ शुक्रवार १४:४५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...