back
CTIZAN AD

माछापुच्छ्रे बैंकले ल्यायो क्यासब्याक तथा विशेष छुट अफर

वि.सं.२०८१ असोज ४ शुक्रवार

915 

shares

काठमाडौं । माछापुच्छ्रे बैंकले क्यासब्याक तथा विशेष छुट अफर संचालनमा ल्याएको छ । बैंकले आफ्नो २४औं वार्षिकोत्सव तथा चाडपर्वलाई लक्षित लक्षित गरी डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको हो ।

बैंकका अनुसार ग्राहकहरुले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ्ग एमबीएल एम(स्मार्ट(एप), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत फाइदा लिन सक्नेछन् ।

बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ्ग एमबीएल एम(स्मार्ट(एप), डेबिट कार्ड,क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेडकार्ड लिने नयाँ ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको जनाएको छ । जसअन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट रु.२ हजार ४सय मात्रमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ्ग एमबीएल एम(स्मार्ट(एप) सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्डर डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ ।

त्यस्तै, बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७गते दुई दिनको अवधीमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै बैंकले असोज १ देखि १८ गते सम्मको लागि डिजिटल कारोवारको प्रोत्सहान र प्रवर्द्धनको लागिबैंकको आधिकारीक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहकहरुको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने छ र सही उत्तर दिने सहभागीहरु मध्ये भाग्यशाली विजेताले आर्कषक उपहार पाउन सक्ने जनाएको छ ।

बैंकका अनुसार यस क्यामपिएन अवधीभर बैंकबाट जारी डिजिटल माध्यमहरुबाट कारोबार गर्ने ग्राहकहरु र डिजिटल भुक्तानी लिने मर्चेन्टहरुका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरुद्वारा प्रायोजित विविध उपहारहरु जस्तैः टिभि, मोबाइलफोन, ट्याब, स्मार्टवाच,रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरु प्रदान गर्ने छ ।

वि.सं.२०८१ असोज ४ शुक्रवार १५:११ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...