back
CTIZAN AD

नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव

वि.सं.२०८१ असोज ६ आइतवार

633 

shares

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) को नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।

उनल भने , “हामी नीतिगत रुपमा नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ, हामीले गरेको कामको परिणाम जनताले देख्नेछन् ।”

यसैगरी उनले पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफलसमेत गरेका थिए । जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेकोसमेत दाबी गरे ।

उनले भने, “हाम्रो पार्टीले नीतिगत रुपमै जनताको हितमा काम गरिरहेको छ, मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।”

वि.सं.२०८१ असोज ६ आइतवार १३:४८ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...