back
CTIZAN AD

भूमिगत सिँचाइ आयोजनामा माग बढी बजेट कम

वि.सं.२०८१ असोज ६ आइतवार

600 

shares

चितवन । चितवनसहित तीन जिल्ला हेर्दै आएको चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामा बजेट कम हुँदा किसानका मागअनुसार आयोजना बन्न सकेका छैनन् । सिँचाइसँगै कृषिजन्य उत्पादन बढ्दै गएपछि किसानले स्यालो ट्युवेल र डिप ट्युवेलको माग गर्दै आएका छन् ।

कार्यालयमा हालसम्म स्यालो ट्युवेल दुई सय ५० र डिप ट्युवेल ४० वटा माग भएकामा बजेट अभावले चालु आर्थिक वर्षमा ६२ वटा योजना मात्रै कार्यान्वयन गर्ने तयारी भएको हो ।

आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार चितवनमा ३८, मकवानपुरमा पाँच र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १९ वटा आयोजना सञ्चालन गरिँदै छ । चितवनको इच्छाकामना गाउँपालिकाबाहेक अन्य सबै पालिकामा आयोजना कार्यान्वयन हुने उनले बताए ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका तथा मनहरी, बकैया र बागमती गाउँपालिकामा आयोजना सञ्चालन हुने केसीले जानकारी दिए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु र विनय त्रिवेणी नगरपालिकामा आयोजनाको काम हुने उनले बताए ।

आयोजना प्रमुख केसीले भने, “अन्तय जिल्लाको तुलनामा चितवनका किसानले बढी माग गर्नुभएको छ । मागअनुसार आयोजना भने पर्न सकेको छैन ।” यी आयोजना सम्पन्न गर्न रु ४० करोड बजेट विनियोजन भएको जनाउँदै तोकेर आयोजना आएकाले किसानका मागअनुसार काम गर्न नसकिने उनले उलेख गरे ।

विसं २०७७ मा स्थापना भएको यस कार्यालयले हालसम्म लिफ्ट सिँचाइ ११ र डिप बोरिङ ९८ वटा जडान गरी तीन हजार सात सय हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको छ ।

वैकल्पिक सिँचाइको अभाव भएका स्थानमा संयोजनात्मक सिँचाइले काम गर्दै आएको केसीले जानकारी दिए । अघिल्ला वर्षमा मकवानपुर र चितवन मात्रै हेर्दै आएको यस आयोजनाले यस वर्ष नवलपुरमा थप गरेर काम गर्दै आएको हो । रासस

वि.सं.२०८१ असोज ६ आइतवार १३:२५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...