back
CTIZAN AD

उद्घाटन भएको सात महिना नबित्दै झण्डाको रङ्ग खुइलिएपछि…

वि.सं.२०८१ असोज १० बिहीवार

891 

shares

गण्डकी । उद्घाटन भएको सात महिना नबित्दै पर्यटकीय राजधानी पोखराको महेन्द्रपुलमा रहेको ‘अन्तर्राष्ट्रिय झण्डा उद्यान’मा नयाँ झण्डा फेरिएको छ । संविधान दिवसका अवसरमा गत साता उद्यानमा रहेका एक सय ९३ देशका पुराना झण्डा हटाएर नयाँ राखिएको हो । गत फागनु सात गते प्रजातन्त्र दिवसको अवसर पारेर उक्त झण्डा उद्यानमा राखिएको थियो ।

लायन्स कल्ब इन्टरनेशनलको करिब रु. ७० लाख आर्थिक सहयोगमा पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा उक्त अन्तर्राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको थियो । घामपानीको असरले छोटो अवधिमै झण्डाको रङ्ग खुइलिएपछि नयाँ झण्डा फेर्नु परेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरले पोखरामा नयाँ पर्यटकीय गन्तव्य बन्ने आशामा उक्त उद्यान बनाएको थियो ।

विश्व शान्ति, भाइचारा र एकताको सन्देश दिन अन्तर्राष्ट्रिय झण्डा उद्यानले सघाउ पु¥याउने विश्वास महानगरका पदाधिकारीको छ । तर बर्सेनि राज्य स्रोतको रकम खर्चेर र दातासँग मागेर कहिलेसम्म उद्यानका झण्डा फेरिरहने भन्ने प्रश्न उब्जेको छ । झण्डा उद्यान निर्माणका क्रममा पनि स्थान छनोट उचित नभएको भन्दै सार्वजनिक वृत्तबाट टिप्पणी भएको थियो । पोखरा सार्वजनिक पुस्तकालय रहेको भवन भत्काएर उक्त स्थानमा झण्डा उद्यान बनाएकामा कतिपयले महानगरको आलोचनासमेत गरेका थिए ।

सो ठाउँमा पुस्तकालय नै राख्नुपर्ने या परम्परागत चौतारीसहितको हरियाली उद्यान बनाउनुपर्ने माग स्थानीयवासीको थियो । स्थानीयबासीको गुनासो सुनुवाइ नगरी महानगरले लायन्स इन्टरनेशनलसँग मिलेर अन्तर्राष्ट्रिय झण्डा उद्यान बनाएको थियो । उद्यानमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९३ सहित पोखरा महानगर र लायन्सका गरी एक सय ९७ झण्डा फहराइएको छ । एकै ठाउँमा विश्वभरका झण्डा लहरै फहराउँदा पर्यटकीय आकर्षण बढ्ने महानगरको दाबी रहेपनि कतिपयले भने झण्डा उद्यान मौलिक र पर्यावरणमैत्री नरहेको बताउने गरेका छन् ।

मुख्य सहरी क्षेत्रमा बनेको उक्त रङ्गीचङ्गी झण्डाको उद्यानले सवारीसाधन चलाउनेदेखि ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीलाईसमेत असहज हुने गरेको बताइन्छ । सवारीसाधन चालकको ध्यान मोडिने गरी सडकको दायाँबायाँ त्यस्ता सामग्री राख्न र संरचना बनाउन नहुने ट्राफिक प्रहरीको भनाइ छ ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले झण्डा उद्यानको दिगोपनाको योजना बनाउनुपर्ने बताए । “पोखरा घुम्न आउने पर्यटकका लागि नयाँ आकर्षणका रुपमा झण्डा उद्यानलाई विकास गर्नुपर्छ”, उनले भने, “पर्यटक भुलाउन अन्य आकर्षण र सुुविधा पनि त्यहाँ थप्नुपर्छ ।”

पोखरा महानगरपालिकाको सिको गर्दै बागलुङ नगरपालिकाले पनि गत वैशाखमा सदरमुकाममा रहेको वीरेन्द्र–ऐश्वर्य उद्यानमा विश्वरभरका झण्डा फहराएको छ । उद्यानमा रहेका रुख काटेर झण्डा राखिएपछि त्योबेला जनस्तरबाट आलोचना भएको थियो । बागलुङको उद्यानमा रहेका झण्डा पनि घामपानीले खुइलिन थालेका छन् । नगरपालिकाले रु १२ लाख खर्चेर ती झण्डा उद्यानमा फहराएको थियो । अन्तर्राष्ट्रिय झण्डाले उद्यानको सौन्दर्यीकरणका साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरपालिकाको दाबी छ ।

वि.सं.२०८१ असोज १० बिहीवार १२:५९ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...