back
CTIZAN AD

लाज छोप्न पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

वि.सं.२०८१ असोज १५ मंगलवार

885 

shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । भीषण वर्षाले देश अत्यन्त पीडामा गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री अमेरिका भ्रमणमा नै मस्ती गरेपछि उनको सर्वत्र आलोचना भएको छ ।

मौसम विभागले भीषण वर्षा हुने, देशमा ठुलो बाढी पहिलो आउने पूर्व सूचना जारी गरेको थियो । तर, सरकारी संयन्त्रले विपद्पूर्वकको तयारी प्रभावकारी ढङ्गले गर्न सकेन । ठुलो धनजनको क्षत्री हुने गरी आएको विपद्को समयमा प्रधानमन्त्री अमेरिका भ्रमण छोटाएर आउने धेरैको अपेक्षा थियो ।

विपदमापनि प्रधानमन्त्री स्वदेशमा नफर्केपछि र सरकारी संयन्त्रले प्रभावकारी भूमिका खेल्न नसकेपछि जनता आक्राेसित छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ महासभामा भाग लिएर हिजो स्वदेश आइपुगेका प्रधानमन्त्रीले आज गर्ने भनिएको विशेष पत्रकार सम्मेलनलाई नागरिकले लाज छोप्ने अस्त्रका रूपमा प्रयोग गर्न खोजेको बताएका छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने तय भएको छ । तर, आम सर्वसाधारण, बाढी पहिरो पीडित भने ओलीको पत्रकार सम्मेलनबाट कुनै चमत्कार नहुनेमा विश्वस्त छन् ।

प्रधानमन्त्रीले बाढी, पहिरो र डुबानको प्रकोपपछि सरकारले गरेका उद्धार, राहत र पुनर्निर्माणबारे जानकारी दिन गर्ने भनेको पत्रकार सम्मेलन लगनपछिको पोतेको जस्तै कुनै अर्थ नहुने सर्वसाधारणको भनाई छ ।

वि.सं.२०८१ असोज १५ मंगलवार १२:११ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...