back
CTIZAN AD

खेलकुद क्षेत्रको विकासका लागि भगीरथ प्रयास

वि.सं.२०८१ कात्तिक ७ बुधवार

834 

shares

काठमाडौं । युवा तथा खेलकुद क्षेत्रको विकासका लागि पाँचवटा नीतिगत तथा कानुनी सुधारका प्रयास प्रारम्भ भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति, २०८१को मस्यौदा तयार गरी त्यसमा रायसँगै प्रस्तावित कार्यक्रममा सहमति दिन अर्थ मन्त्रालयसमक्ष अनुरोध गरेको छ ।

वर्तमान सरकारको एक सय दिनको उपलब्धिमा मन्त्रालयले राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पठाएको विषयलाई समावेश गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधन मस्यौदा तयार भए तापनि त्यस सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयकोसहमति लिन भने बाँकी रहेको जनाइएको छ ।

यसअवधिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका तथा खर्चको आधार, २०८१ को मस्यौदामा मन्त्रालयको तर्फबाट पुनरावलोकन गरी अन्य प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् पठाइएको उक्त मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा निर्माण हुने मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयारीलाई पनि खेलकुद मन्त्रालयले प्रगति विवरणमा समावेश गरेको छ ।

वि.सं.२०८१ कात्तिक ७ बुधवार ११:२० मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...