back
CTIZAN AD

‘क्रप कटिङ’ गरी धान उत्पादन गर्दा उत्पादनमा वृद्धि

वि.सं.२०८१ कात्तिक १२ सोमवार

633 

shares

नारायणगढ (चितवन) । यहाँ लगाइएको बर्खे धानको उत्पादन÷उत्पादकत्व अनुमान तथा तथ्याङ्क लिन क्रप कटिङ (बाली कटानी) सुरु गरिएको छ ।

कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ सुरु गरेको हो । पूर्वी चितवनमा क्रप कटिङको काम सकिएको र पश्चिम चितवनको भरतपुर तथा माडीमा एक, दुई दिनमा सकिने कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिए ।

धानको प्रत्येक १० वर्गमिटर क्षेत्रफलमा क्रप कटिङ गरी उत्पादन अनुमान गरिने उनले बताए । कँडेलले भने, “यसवर्ष हामीले समग्र जिल्लामा गत वर्षको भन्दा बढी धान उत्पादन हुने अनुमान गरेका छौँ तर धान लगाउने समयमा मौसम अनुकूल भए पनि पाक्ने बेलामा केही समय मौसम प्रतिकुल र धानमा डटी प्यानिकललगायत रोगका कारण केही समस्या नभएको छ ।”

उनले अनुमानभन्दा केही उत्पादन घटे पनि धेरै घाटा भने नहुने अपेक्षा रहेको बताए । “प्रतिहेक्टर चार मेट्रिक टन अलि पुगेको छैन तर औसतमा प्रतिहेक्टर चार मेट्रिक टनकै हाराहीमा उत्पादन अनुमान गर्न सकिन्छ”, कार्यालय प्रमुख कँडेलले भने “पूर्वी चितवनमा केही उत्पादन घटेको हामीले पाएका छौँ । सबै स्थानमा क्रप कटिङ गरी तथ्याङ्क लिएपछि उत्पादनबारे थाहा हुनेछ । ”

कार्यालयका अनुसार जिल्लामा यसवर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ । यहाँ सावित्री, सावा मन्सुली, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकाबिला, महाराजा, काशिनाथलगायत धान लगाइएको छ ।

गत वर्ष २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन उत्पादन भएको थियो ।

 

वि.सं.२०८१ कात्तिक १२ सोमवार १२:०५ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...