back
CTIZAN AD

इमिचौर र पूर्तिघाट जोड्न कालीगण्डकीमा पक्की पुल निर्माण

वि.सं.२०८१ कात्तिक १२ सोमवार

1.2K 

shares

पर्वत । पर्वत र गुल्मी जिल्ला जोड्न कालीगण्डकीमाथि पक्की पुल निर्माण गरिएको छ । पर्वतको विहादी गाउँपालिका–३ रानीपानीको इमिचौरदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाट जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण गरिएको हो ।

तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ भदौमा रु १४ करोड ६७ लाखमा पुल बनाउन सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ चैतसम्म कार्यसम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । विविध कारणले आठ वर्षपछि मात्र पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको जिम्मा पाएको एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौँका साइड इन्चार्ज अच्युत लम्सालले कोरोना सङ्क्रमण, निर्माण सामग्री अभाव तथा सरकारबाट रकम भुक्तानीमा भएको ढिलाइ लगायतका कारणले पुल निर्माण समयमै सम्पन्न हुन नसकेको बताए ।

पुल निर्माणका लागि तत्कालीन तम्घास सिमलटारी प्यूठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौँबीच सम्झौता भए पनि बीचमा उक्त कार्यालय नै खारेज भएका कारण पुल निर्माण कार्य लम्बिएको थियो । विसं २०७९ मा सडक डिभिजन कार्यालय पाल्पामार्फत् कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएपछि पुल निर्माणले गति लिएको थियो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समयपछि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताए । पुल निर्माण भएपछि पर्वत र गुल्मीका नागरिकको यात्रा सहज बनेको छ । पुल निर्मासँगै उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर र पर्वत खण्डतर्फको कालीगण्डकी लोकमार्ग समेत जोडिएका छन् ।

पुल सम्पन्न भए पनि निर्माण व्यवसायीले काम गरेको रकम लिन बाँकी रहेको छ । निर्माण व्यवसायीका साइड इन्चार्ज अच्युत लम्सालले कार्यालयवाट रु चार करोड भुक्तानी लिन नसक्दा समस्या परेको बताए । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार रकम अभावका कारण भुक्तानी दिन नसकिएको बताए । बजेटका लागि विभागमा माग गरिएको र बजेट आउनासाथ भुक्तान गरिने उनको भनाइ छ ।

वि.सं.२०८१ कात्तिक १२ सोमवार १४:४२ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...