back
CTIZAN AD

सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै

वि.सं.२०८१ कात्तिक १२ सोमवार

516 

shares

ढोरपाटन (बागलुङ) । बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास (होम–स्टे)मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको व्यवस्थापनमा रोजगारी सिर्जनाका लागि कार्यक्रम सञ्चालन भइरहेको छ ।

बसाइँसराइले उजाडिन थालेको गाउँमा घरबासमार्फत रोजगारी सिर्जना हुन थालेपछि स्थानीय उत्साहित भएका छन् । पर्यटकीय सम्भावना बोकेका वडा नं ३ को धम्जा देउराली, ५ को बिहुँ, ७ को बौर र ८ को लेखानी गाउँका स्थानीयलाई घरबास सञ्चालनका लागि प्रेरित गरी रोजगार सिर्जना गर्न थालेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

उनले बसाइँसराइले सुनसान बन्दै गएपछि घरबास सञ्चालनपछि धेरैलाई गाउँ फर्काउन सकिने अपेक्षा लिएको उनले बताए । अध्यक्ष थापाले भने, “गाउँपालिकाले बसाइँसराइ रोक्नका लागि रोजगार सिर्जना गर्ने योजना बनाएको थियो, हाम्रो योजनालाई गैरसरकारी संस्थाले पनि सहयोग गर्नुभयो, सोहीअनुसार यसवर्ष चार वडामा घरबास सञ्चालन गरेका छौँ, गाउँमै बसेर केही गर्न चाहने युवा र महिलालाई यसले ठूलो मद्दत गरेको छ, अन्य वडामा पनि सुरु गर्ने योजना छ ।”

हाल पालिकाका चार स्थानमा सामुदायिक एग्रो घरबास सञ्चालन गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनकी कार्यक्रम प्रबन्धक ममिता पुनले जानकारी दिए । घरबास सञ्चालकलाई पाक कला, घरबास व्यवस्थापन, स्थानीय उत्पादनको प्रशोधन र प्याकेजिङ तालिम दिएको उनले बताए । “घरबास सञ्चालनका लागि हामीले सञ्चालकलाई तालिम दिएका छौँ, गाउँमै जैविक उत्पादनका लागि प्लास्टिक टनेल, प्याकेजिङ मेसिन, तरकारीको बीउ र ड्राइमेसिन उपलब्ध गराएका छौँ”, पुनले भने,“सहयोग पाएपछि धेरै दाजुभाइ दिदीबहिनी उत्साहित भएर लाग्नुभएको छ, उहाँहरूलाई आयआर्जनसँग जोड्नका लागि निरन्तर सहयोग गर्दै जाने छौँ ।”

बौर सामुदायिक होमस्टेका अध्यक्ष होमबहादुर पुनले गाउँपालिका र संघसंस्थाबाट पाएको सहयोगले आफूहरूलाई उत्पादनमा लाग्न प्रेरणा मिलेको बताए । संस्थाले दिएको तालिमले समुदायलाई एकताबद्ध भएर व्यावसायिक बन्न सिकाएको उनकोे भनाइ छ । हालै स्थापना गरेको घरबासलाई अब प्रचारप्रसार गर्ने र पाहुना भित्र्याउन तर्फ लाग्ने पुनले बताए ।

 

वि.सं.२०८१ कात्तिक १२ सोमवार १५:२७ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...