back
CTIZAN AD

तरकारीखेतीमै भविष्यका सपना देखेका महादेव वार्षिक लाखौंको आम्दानी गर्दै

वि.सं.२०८१ कात्तिक १९ सोमवार

903 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् ।

दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन् । कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच कट्ठा जग्गाबाट उनले तरकारीखेती सुरु गरेका हुन् । अहिले डगौराले एक बिघा बढी जग्गामा तरकारीखेती गर्छन् । “पाँच कट्ठा जग्गा आफ्नै स्वामित्वको छ”, उनले भने, “बाँकी पन्ध्र कट्ठा जग्गा लिज (भाडा)मा लिएर तरकारीखेती गर्दै आएका छौँ ।” बारीमा उत्पादित तरकारी बेचेर वर्षमा रु पाँच लाखदेखि रु सात लाखसम्मको आम्दानी हुने गरेको उनी बताउँछन् ।

बर्सातको समयमा लहरे तरकारी लौका, फर्सी, काँक्रा, बोडी बाली रोप्ने डगौरा हिउँदको मौसममा काउली, बन्दागोभी, गोलभँेडा, फर्सी, खुर्सानी, आलु, तीतेकरेला लगायतको खेती गर्छन् । जेठ वैशाख महिनामा काँक्रा, लौकाको खेती गर्छन् । योसँगै तरकारीका बेर्ना तयार गरी किसानलाई उनले बिक्री गर्ने कार्य पनि गर्दै आएछन् । उत्पादित तरकारी स्थानीय बजारमा सहज रूपमा खपत हुने गरेको छ । “उत्पादित तरकारी केही बारीबाटै बिक्री हुन्छ”, उनले भने, “बारीमा बिक्री हुन नसकेको तरकारी बजारसम्म पु¥याएर बिक्री गर्छौं ।”

तरकारी बिक्रीबाट डगौराले गाउँमा पक्की घर ठड्याएका छन् । घरमै बेरोजगार भएर बसेका छोराका लागि अटो रिक्सा खरिद गरेर स्वरोजगार बनाएका छन् । सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्नका लागि पावर टिलर डगौराले जोडेका छन् । तरकारी बजारसम्म पु¥याएर बेच्नका लागि डगौरासँग मोटरसाइकल पनि छ । घरको अन्न, नुन, तेलदेखि लुगाफाटोसम्मको खर्च तरकारीखेतीको कमाईले धानिएको छ ।

भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा बजारमा तरकारी बेच्न कुनै बेला निकै समस्या हुने गरेको उनी बताउँछन् । सरकारी तवरबाट उपलब्ध हुने अनुदान अहिलेसम्म डगौरा नपाएको बताउँछन् । “दातृ निकायले अगुवा कृषकहरूलाई व्यावसायिक तरकारीखेती गर्ने तालिम दिएको थियो”, उनले भने, “त्यही तालिममा सहभागी हुने मौका पाए, तरकारीखेती गर्ने किसानको बारी अवलोकन गरे, त्यसपछि तरकारीखेतीमा संलग्न भए ।”

विद्यालयको मुखसम्म देख्न नपाएका महादेव व्यावसायिक तरकारीखेती गर्दा मलको मात्रा कति राख्ने, कुन जातको बीउ प्रयोग गर्ने, कुन बेला सिँचाइ गर्ने, कुन विषादी प्रयोग गर्ने, खेत तयार गर्ने कुरामा निपुण छन् । “बुबा, बाजेले अरू कहाँ कमैया बसेर कार्य गरे”, उनले भने, “मैले पनि कमैया बसेकै घरमा सानै छँदादेखि गोरुगोठाला भएर काम गरे, तेह्र वर्षको उमेरदेखि नै गोरु जोत्न थाले, विद्यालय जानुपर्छ भन्ने थाहै भएन ।” कमैया बसेकै बेला त्यही विवाह भएको उनी बताउँछन् ।

कमैया मुक्तिको घोषणापछि सरकारले पुनः स्थापना गराउँदा यहाँ आएर बसेपछि कमाउने साधन नहुँदा केही दिन ज्याला मजदुरीमा काम गर्नु परेको उनी विगत सम्झिँदै बताउँछन् । गैरसरकारी संस्थाहरूले सञ्चालन गरेको तरकारीखेती सम्बन्ध तालिम लिएपछि अरू कार्य छाडेर तरकारीखेती गर्न थाले त्यसपछि पैसाका लागि कसैसँग हात थाप्नु नपरेको उहाँको भनाइ रहेको छ ।

महादेवकै जस्तै नौखरीका मिसालु चौधरी, विपदराम चौधरी, फुलमती चौधरी र जगत डगौराले व्यावसायिक तरकारीखेतीलाई निरन्तरता दिँदै आएका छन् । तरकारीखेतीको कमाईले परिवारको खर्च सहज रूपमा चल्ने गरेको जगत डगौरा बताउँछन् । तरकारीखेती गर्ने सबैजनाको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ । व्यावसायिक तरकारीखेतीमा लागेका मुक्त कमैया परिवार भन्दछन्, “बजारको व्यवस्थापनसँगै अनुदानका कार्यक्रम गरिखानेसम्म पु¥याइनुपर्छ ।” रासस

वि.सं.२०८१ कात्तिक १९ सोमवार ११:४१ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...