back
CTIZAN AD

चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्छु : प्रधानमन्त्री

वि.सं.२०८१ मंसिर ५ बुधवार

888 

shares

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल सञ्चालनको विषयलाई चिन भ्रमणको एजेण्डा बनाउने बताएका छन् ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
गण्डकीका पर्यटनमन्त्री बस्यालले पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

संघीय पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित मंगलबार प्रधानमन्त्रीलाई भेटेको गण्डकीका पर्यटनमन्त्री नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय उडान पनि नहुने र पोखरा जोड्ने प्रमुख राजमार्गको हालत पनि खराब हुँदा पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको बताएका थिए ।

अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरामात्रै नभएर गण्डकी क्षेत्रकै पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको गण्डकी प्रदेशका उद्योगी तथा पर्यटन व्यवसायीहरुको भनाइ छ ।

प्रधानमन्त्री ओली पोखरा विमानस्थल सञ्चालनबारे आफू चिन्तित रहेको र यसबारे कूटनीतिक पहल गर्ने बताए । उनले आसन्न चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे एजेण्डा बनाउने आश्वासन दिएको गण्डकीका पर्यटनमन्त्री बस्यालले बताए ।

‘प्रधानमन्त्रीजीले पोखरा र त्यहाँको विमानस्थल सञ्चालन गर्नेबारे आफू गम्भीर रहेको बताउनु भयो । उहाँले चीन भ्रमणमा यसलाई एजेण्डा नै बनाउँछु भन्नुभएको छ,’ पर्यटनमन्त्री बस्यालले भने ।

वि.सं.२०८१ मंसिर ५ बुधवार ११:२२ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...