back
CTIZAN AD

जोखिम मोलेरै भविष्य खोज्दै विद्यार्थी

वि.सं.२०८१ मंसिर ६ बिहीवार

633 

shares

मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाँउपालिका–४ र सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुर जोड्ने पुछिघाटमा रहेको झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि यहाँका विद्यार्थी जोखिममा भविष्य खोज्न बाध्य भएका छन् ।
गत असोज १२ गतेको वर्षाका कारण सुनकोसी नदीमा आएको बाढीले सो पुलमा क्षति पु¥याउँदा जोखिम मोलेरै भए पनि यहाँका कक्षा ६ देखि १२ सम्मका २८ जनाभन्दा विद्यार्थी सिन्धुलीको खाल्टेमा रहेको दीर्घ प्रदीप माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् ।

विद्यार्थी मात्र होइन पुछिघाटको आधारभूत विद्यालयमा अध्यापन गराउन दुई शिक्षक खाल्टेबाटै आउँछन् भने पुछिघाटका अधिकांश मानिसको खेतबारी खाल्टेमा भएका कारण यहाँका एक सय ५० भन्दा बढी कृषि कर्म गर्ने किसानले दैनिक रुपमा आवतजावत गर्ने गरेका छन् ।

यहाँका स्थानीय बिरामी परेको खण्डमा औषधि उपचारका लागि यही पुल भएर जिल्ला सदरमुकममा रहेको अस्पताल वा खाल्टेमा रहेको सुनकोसी अस्पताल तथा खुर्कोटमा रहेको शुभ जीवन लगायतका अन्य निजी मेडिकलमा लैजानका लािग पनि यही पुल प्रयोग गर्ने गरिएको स्थानीय शिक्षक इन्द्रबहादुर श्रेष्ठले बताए ।

यस पुलको रामेछाप तर्फको २० मिटर क्षेत्रका सात वटा स्पटेवुल नष्ट भएको, लठ्ठा बाङगेकाले सामान्य खर्चले मर्मत हुन नसक्ने अवस्था भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय गराएर यो लगायत पालिकाअन्तर्गतका क्षति भएका अन्य पुलका बारेमा मर्मत सम्भारका लािग सस्पेन्सन ब्रिज डिभिजन जाउलाखेल ललितपुरमा पठाइएको र त्यहाँको टोलीले थप अध्ययन गरिरहेको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।

वि.सं.२०८१ मंसिर ६ बिहीवार १३:५४ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...