back
CTIZAN AD

नेपालमा लगानी गर्ने वातारण सिर्जना भएको छः अर्थमन्त्री

वि.सं.२०८१ मंसिर ७ शुक्रवार

600 

shares

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सिर्जना भएको बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी माइनस स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गरे ।

रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको सङ्केत गरेको उनको भनाइ थियो । उनले भने, ’क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनु पर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।’ यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्नेमा उनले विश्वास व्यक्त गरे ।

सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरू अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रूपमा लेखाजोखा गर्ने गरिन्छ । मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रुपमा मूल्याङ्कन गरी प्राप्त स्कोरलाई न्यूनतमदेखि अधिकतमसम्म रेटिङ प्रदान गर्ने गरिन्छ

रेटिङमा नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचक, सोह्रौँ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालिन तथा दीर्घकालिन खाकालगायतका विवरण र तथ्याङ्कको विश्लेषण गरिएको थियो ।

त्यसका साथै गुणात्मक मूल्याङ्कनको चरणअन्तर्गत नेपालको स्थलगत भ्रमण भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका सरकारी निकायका उच्च पदाधिकारसँग परामर्श र छलफल गरेको थियो ।

साथै निजी क्षेत्र र नेपालस्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीसँग समेत परामर्श गरिएको थियो । नेपालले प्रस्तुत गरेको पूर्वाधार विकासको मध्यकालिन र दीर्घकालीन योजनाको कार्यान्वयनको मूल्याङ्कन गर्न नमूनाका रुपमा नागढुङ्गा सुरुङमार्गको अवलोकन समेत गरेको थियो ।

सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्याङ्कनका आधारका रुपमा लिने मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिनुभायो । त्यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखाबाट मूल्याङ्कन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पु¥याउने उनको भनाइ छ ।

’यस अर्थमा सार्वभौम क्रेडिट रेटिङलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामू खुला रूपमा मूल्याङ्कन गराई पारदर्शिता कायम गरेको रूपमा समेत लिन सकिन्छ, नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ, सार्वभौम क्रेडिट रेटिङ विगतका तथ्याङ्क विश्लेषणको नतिजा मात्र नभएर भविश्यपरक दृष्टिकोण समेत हो’, उनले भने ।
यसले अर्थतन्त्रको भावी दिशा र सम्भावनाको आकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पूर्ण रूपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नविनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्व तयारीका रूपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिने बताए ।

वि.सं.२०८१ मंसिर ७ शुक्रवार १३:०९ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...