back
CTIZAN AD

कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको भोट माग्न पुगेका नेतासँग मतदाताको गुनासो

वि.सं.२०८१ मंसिर ९ आइतवार

798 

shares

महोत्तरी । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर-२ का मतदाताले कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् ।

भोट माग्दै घरघर पुगेका दलका नेताहरूसँग सो बस्तीका किसानले आफ्ना समस्या कुनै तहका सरकारले समाधानको प्रयास नगरेको गुनासो गरेका हुन् । उम्मेदवार आफ्नै बस्तीका बासिन्दा भए पनि उनीहरूका लागि मत माग्न अहिले विभिन्न दलका केन्द्रीय तहका नेताहरू आएपछि आफ्ना सुविधा र सहुलियतबारे उपल्लो तहका नेतासँग मतदाताले गुनासो गरेका हुन् ।

“यहाँका बासिन्दा ९० प्रतिशत बढी खेतीपातीमा छौँ, तर हाम्रो खेतमा सिँचाइ सुविधा छैन, समयमा बीउबिजन र मलखाद पनि पाइँदैन”, सो वडाका अगुवा किसान मोहम्मद कादिर हुसैन भन्छन्, “मत माग्न आउने सबैजसो दलका नेतासँग यहाँका हामीले यही गुनासो गरेका छौँ ।”

रामगोपालपुर-२ मा अहिलेसम्म नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो र केन्द्रीय सदस्य एबं मधेश प्रदेश कमिटीका पदाधिकारीहरू र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित केन्द्रीय पदाधिकारीले आफ्ना दलका उम्मेदवारलाई भोट हाल्न मतदातासँग आग्रह गर्दै किसानका समस्याप्रति आफूहरू गम्भीर रहेको बताएको छ ।

यही मङ्सिर १६ गते रामगोपालपुर–२ मा हुने चुनावमा दलका सात जना र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । यो वडामा दुई हजार एक सय ४१ मतदाता छन् । वडाध्यक्ष मुकेशकुमार यादवको निधन भएकाले रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । रासस

वि.सं.२०८१ मंसिर ९ आइतवार ०८:१४ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...