back
CTIZAN AD

कोरियामा धेरै खाएर मोटाउने पुरुषलाई जेल सजाय

वि.सं.२०८१ मंसिर ११ मंगलवार

3.8K 

shares

एजेन्सी । दक्षिण कोरियाले एक पुरुषलाई जेल सजाय सुनाएको छ । सेनामा अनिवार्य सेवा छल्नका लागि मोटोपनाको सिकार हुने गरी खाएको भन्दै ती पुरुषलाई अभियोग चलाइएको थियो ।

नाम सार्वजनिक नगरिएका उनलाई सोलको एउटा अदालतले नोभेम्बर १३ मा सुनाएको फैसलामा देशको सैन्य सेवा ऐनको उल्लङ्घन गरेको भन्दै एक वर्षको जेल सजाय तोकेको समाचारमा उल्लेख छ ।

सेनामा काम गर्नेक्रममै १०२ किलो तौलको भएपछि गएको वर्ष जुनमा उनलाई सक्रिय ड्युटीबाट हटाइएको थियो ।त्यसको ६ वर्ष अघि भने उनी सेनामा सेवाका लागि प्रारम्भिक शारीरिक परीक्षाबाट योग्य साबित भएका थिए ।

तौल बढाउन पुरुषले उच्च क्यालोरीयुक्त खानेकुरा खाएको अनि शारीरिक परिश्रम पर्ने काम पनि गर्न नमानेको र जानी जानी तौल बढाउन तौल नाप्नु अघि उच्च मात्रामा पानी खाएको न्यायाधीशले फैसलामा भनेका छन् ।

ती पुरुषलाई त्यस्तो युक्ति सुझाउने अर्का पुरुषलाई पनि ६ महीनाको जेल सजाय सुनाइएको छ । कोरियाली युद्धयता दक्षिण कोरियामा सक्षम सबै पुरुषले २८ वर्ष पुग्ने बेलासम्म अनिवार्य रूपमा कम्तीमा १८ महिना सेनामा सेवा गर्नु पर्छ ।

वि.सं.२०८१ मंसिर ११ मंगलवार १७:२२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...