back
CTIZAN AD

सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

1.5K 

shares

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनि लिमिटेड (सलिको) बीच प्रायोजन सम्झौता भएको छ ।

सलिको र रोयल्सबीच इन्स्योरेन्स पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सिइओ खड्काले सलिकोसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ‘सलिकोको विश्वास र भरपर्दो प्रतिवद्धता हाम्रो मूल्यहरूसँग पूर्ण रूपमा मेल खान्छ । हामीलाई केवल मैदानमा मात्र होइन, हाम्रो भविष्यलाई पनि सुरक्षित बनाउन मद्दत पुर्याउँछ । हामी एक साथ मिलेर सुदूरपश्चिम रोयल्सलाई नयाँ उचाइमा पुर्याउने एक बलियो र विजयी साझेदारी निर्माण गर्दैछौं,’ उनले भने ।

सिइओ क्षेत्रीले खेलाडीलाई निर्धक्क भएर खेल्ने वातावरण सिर्जना गर्न यो सहकार्य गरिएकोमा जोड दिए । ‘हामीले टिमको हरेक सदस्यको विमा व्यवस्था गरेका छौं । यसले खेलाडीहरु निर्धक्क रुपमा खेल प्रदर्शन गर्न सहयोग पुग्नेछ भन्ने विश्वास हामीले लिएरका छौं । यस सहकार्यलाई हामीले सुरुवातको रुपमा लिएका छौं र आउने दिनमा दयारा अझ फराकिलो हुँदै जानेछ,’ उनले थपे  ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।

हाम्रो टोली ( दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई)

वि.सं.२०८१ मंसिर १४ शुक्रवार ०९:३० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...