back
CTIZAN AD

विदेशबाट एनईओमार्फत पठाएको पैसा ज्योति विकास बैंकबाट निकाल्न सकिने

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

891 

shares

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले एनईओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ।

दुई पक्षबीच भएको सम्झौताले विदेशबाट एनईओ मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरूले अब ज्योति विकास बैंकका नेपालभरका विभिन्न शाखाहरु मार्फत सजिलै प्राप्त गर्न सक्नेछन्। यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारहरूले छिटो, सुरक्षित र सहज रुपमा वित्तीय सेवा लिने अपेक्षा गरिएको छ।

एनईओ मनी ट्रान्सफरसँगको सम्झौताले बैंकको वित्तीय समावेशनलाई प्रवर्द्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा यसको स्थान सुदृढ गर्न प्रतिबद्धता प्रदर्शन गर्ने बताइएको छ। ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूको सहजताको लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधाहरू उपलब्ध गराउँदै आएको छ।

साथै डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ।

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १७:३७ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...