back
CTIZAN AD

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

वि.सं.२०८१ मंसिर १७ सोमवार

573 

shares

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ कामबाट दिनुपर्ने बताएका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज आयोजना गरेको समीक्षामा उनले काम छिटो गर्न र गुणस्तरमा ध्यान दिन कार्यालय प्रमुखहरूलाई आग्रह गरे ।

“सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ”, उनले भने, “प्रदेशको धेरै बजेट पूर्वाधारको क्षेत्रमा रहेकाले यस मन्त्रालय र मातहतका कार्यालय बढी जिम्मेवार छ ।” चालु वर्ष कुल बजेटको ३८ प्रतिशत भौतिक पूर्वाधार विकासअन्र्तगत विनीयोजन भएको छ ।

प्रदेश स्थापनाको यस अवधिसम्म ७५ अर्ब रूपैयाँ भौतिक पूर्वाधारको क्षेत्रमा खर्च भएको र यसबाट छ सय ९६ किलोमिटर सडक ग्राबेल, नौ सय एक किलोमिटर ब्ल्याक टप कालोपत्रे, एक सय तीनवटा पूल निर्माण भएको छ । “प्रदेश सरकारले गरेको कामबाट नागरिकले सहज सेवा पाएका छन्”, मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश स्थापनापछि विकासको गति बढेको छ ।”

सङ्घ सरकारबाट प्राप्त हुनपर्ने अनुदान घट्दा काम भएका योजनामा बजेट अभाव रहेको उनले बताए । गत वर्ष सङ्घ सरकारले करिब दुई अर्ब अनुदान नपठाएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने, “गत वर्ष अनुदान नआउँदा अहिले पनि प्रदेश सरकारलाई करिब तीन अर्बको दायित्व छ ।” योजना छनोट भएर कार्यान्वयनमा गएपछि बजेट काटिँदा प्रदेश सरकारको दायित्व बढेको उनले बताए ।

 

वि.सं.२०८१ मंसिर १७ सोमवार १९:५० मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...