back
CTIZAN AD

‘स्वास्थ्य स्वयंसेविकाहरुको व्यवस्थापन र क्षमता अभिवृद्धि जरुरी’

वि.सं.२०८१ मंसिर २० बिहीवार

627 

shares

काठमाडौँ । ‘विविध स्वास्थ्य क्रियाकलापमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ्य समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस देशभर मनाइएको छ ।

दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य स्वयंसेविकाहरुको उचित व्यवस्थापन र क्षमता अभिवृद्धिको काम गर्नुपर्नेमा जोड दिनुभएको छ । उनले भने, “स्वास्थ्य स्वयंसेविकाहरु धन्यवादको पात्र हुनुहुन्छ ।”

स्वास्थ्य सेवा विभागका निर्देशक डा विकास देवकोटाले स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति परिमार्जनको क्रममा रहेको जानकारी दिए । उनले भने, “हामीले उनीहरुको प्रोत्साहनका लागि प्रयत्न गरेका छौँ । स्वास्थ्य स्वयंसेविकाहरुले परिवार तथा समाजलाई स्वस्थ बनाउने काम गरिरहेका छन् ।”

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले स्वास्थ्य कार्यक्रमलाई समुदायसम्म पु–याउन स्वास्थ्य संस्था र समुदायबीच स्वास्थ्य स्वयंसेविकाहरुले संवाहकका रुपमा काम गरिरहेको बताए ।

हाल देशभर ५१ हजार चार सय २३ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । यो कार्यक्रम सरकारले विसं २०४५ देखि २८ जिल्लाबाट सुरु गरेको थियो । स्वास्थ्य स्वयंसेविकाहरुले पोषण तथा खोप कार्यक्रम, सरुवा तथा महामारी रोग नियन्त्रणमा सहयोग, वातावरणीय तथा व्यक्तिगत सरसफाइ, परिवारनियोजनसम्बन्धी सल्लाह दिने, सुरक्षित मातृत्व तथा नवजात शिशु सरसफाइसम्बन्धी समाजमा भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

वि.सं.२०८१ मंसिर २० बिहीवार १८:५६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...