back
CTIZAN AD

एकै वर्षमा तीन करोडभन्दा बढीको कृषि उपज बिक्री

वि.सं.२०८१ मंसिर ३० आइतवार

963 

shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा रु तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, सागसब्जी, माछा, फूल, मल आदि कृषि जन्य वस्तु बिक्री गरेको उक्त कम्पनीले जनाएको छ ।

कम्पनीले प्राकृतिक उपचार स्थलका रूपमा परिचित सिङ्गा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाका लागि सिङ्गामा रेष्टुरेष्ट र होटेल पनि सञ्चालन गरेको कम्पनीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

गत वर्षको तुलनामा तरकारी तथा फलफूल, लेयर्स कुखुरा, लोकल कुखुरा, मल बिक्री र रेष्टुरेण्टतर्फको आम्दानी बढेको उनले जानकारी दिए । रु १२ करोड लगानी भएको हरियाली म्याग्दीको सबैभन्दा ठूलो कृषि फार्म हो । ६४ जना शेयर सदस्यको रु चार करोड ८३ लाख शेयर पुँजी रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले रु पाँच करोड सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ ।

सिङ्गामा १७ परिवार किसानको ८५ रोपनी, आङे बगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १० दशमलव पाँच रोपनी जग्गाधनीसँग भाडा सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८१ मंसिर ३० आइतवार ०८:१८ मा प्रकाशित

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...