back
CTIZAN AD

पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने

वि.सं.२०८१ मंसिर ३० आइतवार

822 

shares

काठमाडौँ । गत दसैँदेखि मङ्सिरसम्म नेपाली चलचित्र प्रदर्शनमा भिडभाड देखिए पनि चिसो बढेसँगै कमी आएको छ । विदेशी चलचित्रको प्रभाव, चिसो अत्यधिक भएकाले पुसमा कम नेपाली चलचित्र प्रदर्शन हुने गर्दछन् ।

यसपटक पुस ५ गते ‘बम बहादुर’ र २६ गते ‘कार्साङ’ प्रदर्शन हुने घोषणा गरिएको छ । गतवर्ष विसं २०८० को पुसमा एक मात्र नेपाली चलचित्र प्रदर्शन हुँदा यसपटक दुई भएको छ । यसअघि सातामा दुईदेखि तीन चलचित्रसम्म प्रदर्शन गर्ने निर्माताले पुसलाई खासै रोजाइमा पारेका देखिँदैनन् ।

आगामी पुस ५ मा प्रदर्शन तय गरिएको चलचित्र ‘बम बहादुर’ मा भारतको दार्जिलिङ र पहाड तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षको विषयलाई समेटिएको निर्देशक जोन राईले जानकारी दिए । उनका अनुसार सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहलाई चलचित्रमार्फत पर्दामा प्रस्तुत गरिएको छ ।

“चलचित्रको विशेष प्रदर्शनी र सार्वजनिक गरिएका प्रचार सामग्रीले हामीलाई उत्साहित बनाएको छ । चलचित्रको मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनको कथा हो । कथावस्तुसँगै संवाद आकर्षक, मार्मिक र जीवन्त रहेको प्रतिक्रिया पाएका छौँ । सोही कारण हाम्रो चलचित्रको प्रचार दर्शकले गर्नेमा विश्वस्त छौँ”, निर्देशक राईले भने ।

चलचित्रमा अभिनेता सौगात मल्ल, अभिनेत्री निशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतले अभिनय गरेका छन् ।

यस्तै, माघे सङ्क्रान्तिलाई लक्षित गर्दै पुस २६ मा प्रदर्शन तय गरिएको चलचित्र ‘कार्साङ’ शेर्पा समुदायको कथामा आधारित रहेको निर्देशक यम शेर्पाले जानकारी दिए । उनले भने, “चलचित्रमा निकै कम स्थान पाएको शेर्पा समुदायको संस्कृति र कथालाई देखाउने कोसिस गरेका छौँ । यसको कथा गाउँले जीवन र परिवेशका भए पनि हामीले देखिरहेका भन्दा भिन्न छ, सोही कारण यसमा दर्शकले नयाँ स्वाद पाउनुहुनेछ ।”

निर्देशक शेर्पा दर्शकलाई चलचित्र मन पर्नेमा विश्वस्त छन् । चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, वुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् ।

पुस जाडोको समय भएकाले विगतदेखि नेपाली चलचित्र प्रदर्शनका लागि रोजाइमा नपर्ने गरेको चलचित्र वितरणमा सक्रिय करण श्रेष्ठले बताए । “पुसमा ठूला विदेशी चलचित्र प्रदर्शन हुने गरेका छन् । नेपालमा जाडोको समयमा चलचित्र भवनसम्म दर्शक कम पुग्छन् भन्ने मान्यता छ, सोही कारण निर्माताले चलचित्र प्रदर्शनका लागि यो महिना रोजेको पाइँदैन”, उनले भने, “विदेशी चलचित्रले भने यो समयमा बढी व्यापार गरिरहेका हुन्छन् ।”

वि.सं.२०८१ मंसिर ३० आइतवार १३:१४ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...