back
CTIZAN AD

देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई उपाध्यक्ष भुसालको आग्रह

वि.सं.२०८१ पुस ३ बुधवार

663 

shares

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेकी छिन् ।

नेपाल पत्रकार महासङ्घ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उपाध्यक्ष भुसालले पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने महत्वपूर्ण पेसा भएकाले निष्पक्ष भएर समाजलाई सत्मार्ग लाग्न प्रेरणा दिनुपर्ने बताईन ।

“ सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रकारिताको दायरा पनि फराकिलो हुँदै गएको छ, नागरिकस्तरमा पनि पत्रकारिताको अभ्यास हुन थालेकाले समाजलाई सही बाटोमा हिँडाउनका निष्पक्ष पत्रकारिता हुनुपर्छ”, उनले भनिन् ।

संविधानप्रदत्त अधिकार उपयोग गरेर सामाजिक परिवर्तनमा सञ्चारकर्मी लाग्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री भुसालले समाजमा व्याप्त विकृति, विसङ्गति एवं राज्यका गलत कार्यलाई खबरदारी गर्न पत्रकारहरू निर्भीकतापूर्वक लाग्नुपर्छ भनिन्।

शाखाका अध्यक्ष रामहरि कार्कीले महासङ्घलाई एकताबद्ध बनाएर जनताका पक्षमा पैरवी गर्ने जिम्मेवारीप्रति आफू प्रतिबद्ध रहेको बताईन् ।

वि.सं.२०८१ पुस ३ बुधवार १२:५७ मा प्रकाशित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...