back
CTIZAN AD

राजमार्गको विस्तारसँगै लालीघाट र जितेगडा बजार सुनसान

वि.सं.२०८१ पुस ३ बुधवार

762 

shares

मान्म(कालीकोट) । राजमार्गको विस्तारसँगै कुनै बेला निकै ठूलो बजारका रुपमा विकास भएका कालीकोटका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका छन् । कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग जोड्ने सङ्गमस्थलका रुपमा रहेका लालीघाट बजार र जितेगडा बजार अहिले सुनसान भएका हुन् ।

कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालीकोटका बासिन्दाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेका नरहरिनाथ गाउँपालिका–१ को लालीघाट बजार र खाँडाचक्र नगरपालिका–२ मा पर्ने जितेगडा बजार अहिले सुनसान छन् ।

विगतमा दैनिक लाखौँको व्यापार हुने लालीघाट बजार र जितेगडा बजार अहिले पूरै खाली रहेका छन् । विगतमा सडकको पहुँच नहुँदा लालीघाट बजार जितेगडा बजारमा हुम्ला, मुगु, बाजुरा र कालीकोटका प्रमुख व्यापारिक केन्द्र रहेकामा अहिले गाउँ–गाउँमा सडक पुगेपछि बजार नै अहिले सुनसान बनेको जितेगडा बजारमा लामो समय व्यापार गरेका कालीकोट उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष तिलबहादुर शाहीले बताए ।

“हुम्ला जाने कर्णाली राजमार्ग नखुल्दासम्म लालीघाट र जितेगडा बजारमा लाखौँको व्यापार हुने गरेको थियो”, उनले भने, “अहिले गाउँगाउँमा सडकको पहुँच पुगेको छ, कर्णाली राजमार्गले अहिले बाजुरा, मुगु हुँदै हुम्लासम्म सडक पुगेका कारणले व्यापार बन्द भयो ।” सडक सञ्जाल सबै ठाउँमा नपुगेका बेला राम्रो व्यापारिक केन्द्रका रुपमा रहेका बजार सडक पुगेपछि व्यापार हुन छाडेका कारणले आफू सुर्खेत झर्नुपरेको शाहीले बताए ।

“निकै चलहपहल भइरहने बजार अहिले सुनसान छ”, उनले भने, “विगतका व्यापारिक केन्द्रका व्यापारी अहिले कुनै गाउँमा नै भए, कोही व्यापारी अहिले खाली बस्नु भएको छ ।” कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग निर्माणसँगै बनेका ठाउँ बजार भएका तथा कर्णाली नदी र तिला नदीको बाढीपहिरोको उच्च जोखिममा रहेकाले व्यापारीले जोखिम मोल्न नचाहेका कारण पनि बजार बन्द हुन पुगेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

कर्णाली नदी र तिला नदीको किनार रहेको जिते बजार तथा लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले कारणले यी बजारलाई अयन्त्र सर्न पुगेका अध्यक्ष विष्टले बताए । “विसं २०७३ मा बाढीपहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो”, उनले भने, “पहिला व्यापार राम्रो हुने भएका कारणले पनि व्यापारीले बजार सार्न मानेका थिएनन्, अहिले व्यापार कम हुँदै गएका कारणले बजार बन्द भएर सुनसान भएका हुन् ।”

 

वि.सं.२०८१ पुस ३ बुधवार १३:५८ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...