back
CTIZAN AD

मिर्मीमा आयोजित महायज्ञबाट दुई करोड बढी सङ्कलन

वि.सं.२०८१ पुस ४ बिहीवार

960 

shares

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट रु दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ ।

राष्ट्र निर्माण धार्मिक महोत्सव, २०८१ अन्तर्गत मिर्मी बहुमुखी क्याम्पसमा प्राविधिक विषय सञ्चालन तथा क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यसहित आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट रु दुई करोड ३० लाख रकम सङ्कलन भएको हो । कलश बिक्री, दान पेटिका, सहयोग रसिद, आजीवन सदस्य लगायतका शीर्षकबाट रकम सङ्कलन भएको हो ।
मिर्मीमा २०६२ सालमा सामुदायिक क्याम्पसका रुपमा स्थापित उक्त क्याम्पसले महायज्ञबाट सङ्कलन भएको रकमबाट क्याम्पसको स्तरोन्नति गर्ने क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले बताए ।

स्याङ्जा, गुल्मी र पर्वतका विकट र दूरदराजका विद्यार्थीको पहुँचमा रहेको यस क्याम्पसको शैक्षिक र भौतिक पक्षको स्तरोन्नति गर्नुपर्छ भन्ने लागेर महायज्ञ आयोजना गरिएको उनले बताए । “क्याम्पसको शैक्षिक र भौतिक पूर्वाधार निर्माण, सुधार तथा स्तरोन्नतिका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्नुभएको छ” उनले भने, “विगतदेखि अधुरा रहेका काम पूरा गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने दानवीरहरुप्रति क्याम्पसका तर्फबाट आभार व्यक्त गर्दछौं ।”

क्याम्पस परिसरलाई घेराबार गर्ने, भौतिक संरचनाहरुको संरक्षण गर्ने, छात्राबास, पुस्तकालय भवन निर्माण, सूचना प्रविधिजस्ता आधुनिक प्रविधिमैत्री कक्षा निर्माणमा सङ्कलित रकम खर्च गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष वेदनिधि भट्टराईले बताए ।

क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनका आधार तयार पार्ने, आध्यात्मिक संस्कारयुक्त सकारात्मक सोच र भावनाको विकास गर्ने, यस क्षेत्रमा संस्कार, संस्कृति तथा धार्मिक पर्यटनको प्रवद्र्धन गर्नका लागि महायज्ञले महत्वपूर्ण टेवा पुगेको उनको बुझाइ छ ।

बालक, युवा र ज्येष्ठ नागरिक सबैमा आध्यात्मिक चेतना र संस्कारको विकास गर्ने मुख्य उद्देश्यका साथ मङ्सिर २२ देखि २९ सम्म महायज्ञ सञ्चालन भएको थियो । विसं २०६२ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई शिक्षा, ब्यवस्थापन तथा मानविकी सङ्कायका विभिन्न विषयहरुमा अध्यापन हुँदै आइरहेको छ ।

क्याम्पसमा हाल स्याङ्जा, पर्वत र गुल्मीका गरी कूल २५० जना अध्ययनरत छन् । सोही ठाउँकै नमूना माध्यमिक विद्यालयको भवनमा लामो समयसम्म सञ्चालनमा रहेको यो क्याम्पसको हाल आफ्नै तीन तलाको भवन रहेको छ ।

क्याम्पसले आफ्नै स्वामित्वमा रहने गरी १७ रोपनी जग्गा खरिद गरी भवन निर्माण गरेको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गरेका थिए ।

वि.सं.२०८१ पुस ४ बिहीवार १७:५६ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...