back
CTIZAN AD

पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन

वि.सं.२०८१ पुस ५ शुक्रवार

702 

shares

बर्दघाट सुस्तापश्चिम (नवलपरासी) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ ।

पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ । दुई वर्ष पहिला निर्माण भएको भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता रहेको आयुर्वेद औषधालय शाखाका रामएकवाल यादवले बताए ।

उनका अनुसार निर्माणाधीन भवनको काम सम्पन्न भए पनि प्रवेशÞद्धार तथा प्राविधिक काम नभएकाले नयाँ भवनबाट बिरामीलाई सेवा दिन नमिल्ने भएको छ । रु ४० लाख लागतमा गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाइएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

गाउँपालिकाले निर्माण गरेको आयुर्वेद औषधालय भवनमा प्राविधिक काम बाँकी रहेकाले गण्डकको भवनबाट उपचार गर्दै आएको छ । यस वर्षदेखि पाल्ही आयुर्वेद औषधालय भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको पाल्हीनन्दन–४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताए । खानेपानी ट्याङ्की सञ्चालनपश्चात आयुर्वेद औषधालय भवनभित्र प्रवेशद्धार निर्माण गरेर उद्घाटन गर्ने वडाध्यक्ष सहानीले भने।

वि.सं.२०८१ पुस ५ शुक्रवार ०९:४३ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...