back
CTIZAN AD

माओ दिवसका विप्लव र जनार्दनले एउटौ मञ्चबाट सम्बोधन गर्ने

वि.सं.२०८१ पुस ९ मंगलवार

726 

shares

काठमाडौँ । १३२औँ माओ दिवसका अवसरमा काठमाडौमा पुस ११ गते वृहत् कार्यक्रमको आयोजना गर्न लागिएको छ । प्रज्ञा प्रतिष्ठानमा हुन लागेको कार्यक्रममा कम्युनिस्ट एकताका सन्दर्भमा बहसका साथै सार्थक एकताका लागि एउटा आधार तय हुने आयोजकको विश्वास छ ।

‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक उक्त वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर एउटै मञ्चमा देखिने भएका हुन् ।

विप्लव नेतृत्वको नेकपाले यसअघि नै माओवादीसँग एकता गर्ने निर्णय गरेपनि माओवादीकै तर्फबाट ढिलाइ हुँदा एकताले सार्थकता पाउन सकेको छैन । यस्तै उपमहासचिव शर्माले पनि कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् ।

एकताको पक्षमा रहेका दुई नेता एउटै मञ्चमा उपस्थित भएर एकताका लागि आह्वानसहित कम्युनिस्ट आन्दोलन र खेल्नुपर्ने भूमिकाका सन्दर्भमा वैचारिक अन्तरक्रिया गर्ने आयोजकको भनाइ छ ।

सो अवसरमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका महत्त्वपूर्ण डायरीसमेत समेत सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

वि.सं.२०८१ पुस ९ मंगलवार १७:०१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...