back
CTIZAN AD

लुम्बिनी विकास बैंक र लिजेण्ड प्रोपर्टिजबिच व्यवसायिक सम्झौता

वि.सं.२०८१ पुस ९ मंगलवार

702 

shares
काठमाडौँ । लुम्बिनी विकास बैंक लि. र लिजेण्ड प्रोपर्टिज प्रा.लि. बिच व्यवसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रा.लि. का तर्फबाट उपाध्यक्ष पुर्ण बहादुर लिम्बुले उक्त सम्झौतमा हस्ताक्षर गरि आगामी दिनमा एक अर्कालाई व्यवसायिक रुपमा सहकार्य गर्ने गरि सम्झौता गरिएको छ ।
उक्त सम्झौता अनुसार लिजेण्ड प्रोपर्टिज प्रा.लि.ले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरि विभिन्न ठाँउमा व्यवस्थित एवं योजनाबद्घ रुपमा विकास गरि विक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवाशीय घरहरु खरिद गर्ने ग्राहकहरुलाई लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरु मार्फत सुलभ व्याजदर तथा सरल प्रकृया मार्फत आवाश कर्जा उपलब्ध गराउने भएको छ ।
लिजेण्ड प्रोपर्टिज प्रा.लि.ले हाल नेपालको काठमाडौं उपत्यका भित्र, भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरि विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।
त्यसैगरि देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुको आवश्यकता अनुसार सेवा दिने उद्देश्यले बैंकले बिभिन्न प्रकारका निक्षेप खाताहरु तथा सरल सुलभ तरिकाले बिभिन्न प्रकारका कर्जा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०८१ पुस ९ मंगलवार १७:२१ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...