back
CTIZAN AD

किरात याक्थुङ् चुम्लुङ् अमेरिकाले मनायो चासोक तङ्नाम

वि.सं.२०८१ पुस १२ शुक्रवार

1.2K 

shares

अमेरिका ।  किरात याक्थुङ् चुम्लुङ् अमेरिकाले चासोक तङ्नाम २०२४(येले तङ्बे ५०८४) मनाएको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरस्थित शेर्पा किदुकको हलमा डिसेम्बर २२ का दिन भब्यताका साथ चासोक तङनाम सम्पन्न भएको हो । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव घन योङ्हाङ् र दोश्रो खण्ड संस्थाका पूर्वअध्यक्ष दिपेस् चबेगुले संचालन गरेका थिए ।

कियाचु अमेरिकाका अध्यक्ष दिपक थेवेको अध्यक्षतामा संचालित कार्यक्रममा अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिका कानुनी सल्लाहकार दुर्गा सुब्बा मेन्यङ्बोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कोलम्बिया युनिभर्सिटी अमेरिकाका प्रोफेसर डा.प्रेम फ्याक विशेष अतिथिको रुपमा उपस्थित हुनुका साथै कियाचु अमेरिकाका तुम्यहाङहरु मदन सम्बहाम्फे, केशर माङ्देन, प्रेम मेन्यङ्बो, पुस्पलता थाम्सुहाङ्, बिमला पोमु र कर्ण योङ्हाङ्हरुको उपस्थिति रहेको थियो ।

याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ–आफ्नो विशिष्ट कर्म, त्याग, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रिय विभुतिको रुपमा रहेका विभुतिहरुको तस्विरमा माल्यार्पण र चासोक् पुजागरी शुरु भएको कार्यक्रममा नेपाल तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गानको प्रस्तुति पश्चात संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज थाङ्देनले आमन्तृत सम्पुर्ण अतिथि एवं महानुभवहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।

कियाचु अमेरिकाका विभिन्न तह तप्का र भुमिकामा रही तन मन बचन र कर्मले विशिष्ट सहयोग पुर्याएका महानुभावहरु पुष्पलता थाम्सुहाङ्, सरस्वती कन्दङ्वा, ममता सुब्बा लाबुङ्, पूर्ण खिम्दिङ्, केबी थेवे, सुबास हुक्पा चोङ्बाङ्, बिष्णु चोङ्बाङ्, पुरन लिम्बु, गजेन चेम्जोङ्, लीला सिङ्गक, बिमल चेम्जोङ, प्रेम मेङ्याङ्बो, सिभ लाबुङ, भिमा देवान, भिम मादेम्बा, कुबेर वनेम, बिरेन्द्र्हाङ लाबुङ, रिना थाम्सुहाङ्, बिजेता थेवे, रुपा याखा, प्राची लिम्बु बिसुङ्खे, निर्मला कन्दङ्वा हुक्पा चोङ्बाङ्, शसिकला मोक्तान, रिन्जी डोल्मा शेर्पा, नवाङ शेर्पा, एलिसा लिम्बु वहाँहरुले संस्थाको वृत्ति विकासका लागि पुर्याएको योगदानको कदर स्वरुप प्रमुख अतिथि, विशिष्ट अतिथिहरुमार्फत सम्मानपत्र प्रदान गरि अभिनन्दन गरिएको थियो । चासोक् तङनामको पहिलो खण्डको अन्त्यमा संस्थाका अध्यक्ष दिपक थेवेले चासोक् तङनाम सम्पन्न गर्न विभिन्न भुमिकामा रहेर सहयोग गर्नु हुने संस्थाका सम्पुर्ण पदाधिकारीहरु, प्रायोजकहरु, प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु, क्यामेरा म्यानहरु, संचारकर्मीुहरु, मिठो खाना बनाउनु हुने सस्थाको कोषाध्यक्ष निर्मला कन्दङ्वा हुक्पा चोङ्बाङप्रति गराईदिने आभार, कृज्ञता एवं धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

चासोक् तङनामको दोश्रो खण्डको कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं कियाचु अमेरिकाका तुम्याहाङ प्रेम मेङ्याङबोको नेतृत्वमा र संस्थाका रुपा याक्खा, लिला सिङ्गक, धन योङ्हाङ्, पुस्पलता थाम्सुहाङ् र सुबास चोङ्बाङ् र सरस्वती कन्दङ्वा, बिष्णु चोङ्बाङ, सुर्य लिङ्देनहरुको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र हाक्पारे, रैथाने ख्यालीप्रस्तुत गरिएको थियो ।
ममता सुब्बा लाबुङ, भिमा देवान गायक भिम मादेम्बा, प्राची लिम्बु बिसुङ्खे, रेमोस अधिकारी, राम सोदेम्बा र बिरेन्दहाङ लाबुङ लगायतले धमाकेदार नृत्य एवं गायन प्रस्तुत गरी उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

वि.सं.२०८१ पुस १२ शुक्रवार १२:१५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...