back
CTIZAN AD

मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते

वि.सं.२०७४ जेठ १४ आइतवार

708 

shares

१४ जेठ, नुवाकोट, । तादी गाउँपालिका–४ सुन्दरादेवीमा गएराति मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नारायणदल गणको पोष्ट निर्माण गर्न कामदार र निर्माण सामग्री बोकेर उर्लेनी जाँदै गरेको बा३ख ६९६८ नं को मिनीट्रक सुन्दरादेवीको बाघमारामा दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा मिनीट्रक चालक सुन्दरादेवीका राजकुमार तामाङ, शिखरबेँसीका ई क्षीतिज पण्डित रहेका छन् ।
यस्तै, पोष्ट निर्माण गर्न जाजरकोटबाट आएका अनन्त विश्वकर्मा, इन्द्रबहादुर सुनार, डम्बरबहादुर सुनार, धनबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, कृष्ण सुनार र मानबहादुर सुनार रहेका छन् । घाइते मध्ये गाडी चालक तामाङ, पण्डित र जाजरकोटका डम्बरबहादुर र मानबहादुरको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
सैनिक पोष्ट बनाउन निर्माण सामाग्रि सहित १७ जना चढेर यात्रा गरिरहेको मिनीट्रक ब्रेकफेल भएर राती आठ बजे दुर्घटना भएको सहचालक प्रेम तामाङले बताउनुभयो । दुर्घटनामा परेकालाई नेपाली सेनाले उद्धार गरी तीन घण्टा बोकेर सातबिसेसम्म ल्याएपछि मात्र एम्बुलेन्स मार्फत आज बिहान २ बजे उपचारको लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । रातको समय र पानी परिरहेकाले दुर्घटना स्थलसम्म अन्य सवारी जान नसक्दा उद्धारमा कठिनाई र ढिलाई भएको थियो ।

वि.सं.२०७४ जेठ १४ आइतवार ०३:२७ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...