back
CTIZAN AD

निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

वि.सं.२०८१ पुस २५ बिहीवार

612 

shares
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।
सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्यत्रय छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छिन् ।
बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ । पर्यटन प्रवद्र्धनका निम्ति विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाकाको संरक्षण तथा जातीय र धार्मिक सङ्ग्रहालय स्थापना गर्नुपर्नेमा बैठकले जोड दिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।
पुरातात्विक सम्पदा उत्खननका साथै मन्त्रालयअन्तर्गत सार्वजनिक–निजी साझेदारीमा सञ्चालित आयोजनाको  प्रभावकारिता अध्ययन गरी त्यसको जानकारी समितिलाई उपलब्ध गराउन पनि उक्त मन्त्रालयलाई  बैठकले निर्देशन दिएको छ ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न सम्बद्ध निकायहरुबीच सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयन गर्ने, राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई शीघ्र अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ ।
देशका विभिन्न जिल्लामा रहेका वायु सेवा निगमको स्वामित्वका जग्गा तथा भौतिक सम्पत्तिको उपयोग योजना तयार गरी चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर समितिलाई जानकारी दिन निर्देश गरेको छ ।
त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले  निगममा  समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताएका थिए ।
मन्त्री पाण्डेले निगमका विमान निर्धारित समयमा नै विमान उड्छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी भएको बताए । नेपाल वायु सेवा निगमलाई सुधार गर्न आफ्नो र मन्त्रालयका तर्फबाट हरसम्भव प्रयत्न भइरहेको उनले दोहो¥याएका थिए ।
समितिका सदस्य माधवकुमार नेपालले नेपाल वायु सेवा निगमका कामलाई गुणस्तरीय बनाउन सुझाव दिदै निजीकरणले मात्र समस्या समाधान नहुने तर्क गरे  । निजी विमान कम्पनी नाफामा जाने तर नेपाल वायुसेवा निगम घाटामा जानुको कारणको अध्ययन गरी सुधारका कदम अविलम्ब चाल्नुपर्नेमा जोड दिएका थिए । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीचको सम्बन्ध सुमधुर नहुँदा पनि समस्या बढेको उनले बताएका थिए ।

वि.सं.२०८१ पुस २५ बिहीवार १७:२३ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...