back
CTIZAN AD

आर्सनललाई किर्तिमानी १३ पटक एफए कपको उपाधि

वि.सं.२०७४ जेठ १४ आइतवार

870 

shares

fa(ट्रफीका साथमा आर्सनलका प्रशिक्षक आर्सेन वेङगर)

१४ जेठ,  काठमाडौँ । इङिलस क्लब आर्सनलले इङल्यान्डको प्रतिष्ठित घरेलु फुुटबल प्रतियोगिता एफए कपको उपाधि जितेको छ । इङल्यान्डको राष्ट्रिय फुटबल मैदान वेमब्लीमा भएको खेलमा आर्सनलले घरेलु चिरपरिचित प्रतिदन्द्धी तथा प्रिमियर लिग बिजेता चेल्सीलाई २ -१ गोल अन्तरले हराएको हो । १० खेलाडीमा सिमित चेल्सीलाई हराउन आर्सनलका एलेक्सिस सान्चेज र आरोन राम्सीले गोल गरे उता चेल्सकिा लागि डिएगो कोष्टाले एक गोल फर्काएका थिए । चेल्सीका भिक्टर मोसेसले दोहोरो पँहेलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो । यो आर्सनलको १३ औ एफए कपको उपाधि हो ।

उपाधि सँगै आर्सनल सबैभन्दा धेरै १३ पटक एफए कपको उपाधि जित्ने क्लब बनेको हो ।एफए कपको उपाधि सँगै  यो वर्ष प्रिमियर लिगको शीर्ष चारबाट बाहिरिएर आलोचित बनेको आर्सनललाई केही राहत मिलेको छ ।

वि.सं.२०७४ जेठ १४ आइतवार ०५:४३ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...