back
CTIZAN AD

विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री

वि.सं.२०८१ माघ १ मंगलवार

576 

shares

काठमाडौँ । अतिवादी हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली युवक विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेका छन् । यसै क्रममा अन्तर्गत उनले आज बिहान कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गरिन् । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता छन् ।

परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिन् परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । उनले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले जोशीको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरेका थिए ।

परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार प्रत्युत्तरमा कतारी विदेशराज्यमन्त्रीले युद्धविराम र उहाँले नेपाली युवकको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा जोशी अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको जानकारी मन्त्री देउवालाई दिए ।

यसअघि परराष्ट्रमन्त्रीले इजिप्ट सरकारलाई पनि जोशीको रिहाइमा सहयोग गरिदिन आग्रह गरेका थिईन् । इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि प्रयासरत छ । गत हप्ता पनि उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिईन् ।

वि.सं.२०८१ माघ १ मंगलवार १५:४८ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...