back
CTIZAN AD

राष्ट्रिय सहमति वर्तमानको आवश्यकता- अध्यक्ष ओली

वि.सं.२०७४ जेठ १४ आइतवार

828 

shares

kp-oli

१४ जेठ, पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले निर्धारित समयभित्र दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म राष्ट्रिय समहतिको विकल्प नभएको बताउनुभयो । “स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ, दोस्रो चरणको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु वर्तमानको आवश्यकता हो” पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो “कुनै पनि बहानामा निर्वाचन रोकिन हुँदैन ।”

निर्वाचनका बीचमा एमालेका विरुद्ध आएको स्थानीय तह थप प्रस्ताव सर्वोच्च अदातलबाट अस्वीकार गरिएको बताउँदै उहाँले राष्ट्रिय जनता पार्टीलाई निहुँ मात्र खोज्नुभन्दा निर्वाचनमा आएर जनताको मन जित्न आग्रह गर्नुभयो ।

लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनका लागि जनमत सिर्जना गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

वि.सं.२०७४ जेठ १४ आइतवार ०८:४४ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...