back
CTIZAN AD

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

वि.सं.२०८१ माघ ७ सोमवार

1.7K 

shares

काठमाडौँ । पल्लाघरे काकाको छोरी अमेरिकाको लागि उडेकी मात्र के थिइन् । मेरो घरमा हल्ला चल्न थाल्छ, ‘फलानोको छोरी त अमेरिका पुगिछ आज ! कति ज्ञानी छोराछोरी जन्माएका ! कस्तो राम्रो भाग्य लिएर आएछन् फलानोका बुढाबुढीले !’, यस्तो कुरा त घरमा महिनाको १० चोटि भन्दा बढी चलेको पाउँछु । चल्न पनि किन नचलोस् जबकि बुबालाई सिधै पश्न गरिन्छ, ‘छोरा छोरी अमेरिका छन् की अस्ट्रेलिया ?’ विदेशका बारेमा खासै केही थाहा नपाउनु भएका मेरो बुबाले निन्याउरो मुख लगाउँदै यतै नेपाल तिर छन् हजुर भनेर जवाफ दिनुहुन्छ ।

अरूको प्रश्नले मेरो घरमा भएका आमा बाउको दिमागमा यो गडेको छ की विदेशमा नै छ सन्तानको सम्पूर्ण भविष्य । अनि सन्तान विदेश पसेपछि हाम्रो मान–सम्मान, प्रतिष्ठा र सुख्खको दिन आउँछ ।

सायद मेरो घरमा मात्र नभई नेपालका ९० प्रतिशत घर परिवार जसका छोराछोरी भर्खरै १२ पास वा स्नातकोत्तर पास गरेका छन् ती आमाबाबुको मनमा पनि यस्तै विचारले बबन्डर मच्चाइरहेको हुन्छ होला ।

बाउआमामा मात्र प्रश्न सीमित भएको भए त छुट्टै कुरा हुन्थ्यो । बाटोमा हल्काफुल्का चिनजान भएका व्यक्तिले समेत प्रश्न गर्छन्, ‘नानीले कुन देशको लागि तयारी गर्दै छौ नि ?’

वर्तमान समयमा नेपाली युवा नपुगेको देश कुनै पनि बाँकी छैन होला सायद । नेपालका अधिकांश युवा विदेशको कुना कुनामा छन् ।

कुनै जमानामा सरकारी जागिर भनेपछि त्यसको मान मर्यादा अर्कै हुन्थ्यो । बाउआमाले बडो फुर्तीका साथ छाती ठोकेर मेरो छोराछोरी सरकारी जागिरे हो भन्दै टाईफुट्टि लाउँथे । तर, अहिलेको बाउआमाको चिन्तनमा निक्कै परिवर्तन भएको छ । पहिले आफ्ना सन्तान सरकारी जागिरेका रूपमा रहँदा छाती चौडा गराउने बाबुआमा अहिले आफ्ना सन्तान विदेशमा छैनन् भने आफूलाई हीनताबोध महसुस गर्छन् ।

युके, अस्ट्रेलिया , अमेरिका, बेलायत जस्ता अन्य विकसित राष्ट्रमा निम्न स्तरकै काम गर्ने भए पनि अहिले उनीहरूको मान, प्रतिष्ठा र सम्मान दोब्बर छ । नेपालमा निजी क्षेत्र अथवा सरकारी जागिर गरिरहेका कतिपय व्यक्तिका अगाडि विकसित मुलुकमा सन्तान पठाएका बाबुआमा बिना प्रसङ्गका कुरा झिक्दै भन्छन्, ‘नानी मेरो बाबु त अमेरिका छ, छोरी युके तिर छन् । राम्रो कमाउँछन् । राम्रोसँग आफ्नो जीवन काटिरहेका छन् ।’

के रोजगारका लागि विदेशी नै पर्छ ?

मैले मात्र झेलिरहेको समस्या होइन होला सायद यी । १८ देखि ३५ वर्ष उमेर समूहका अधिकांश युवाहरूले मेरै जस्तो नियति भोगेका होलान् ।

वर्तमान परिवेशमा नेपाली समाजका युवा र उनीहरूका बाबुआमाले विदेशमा भविष्य देख्ने गरेका छन् । कोही रहमा, कोही दबाबमा, कोही बाध्यतामा र कोही देखासिकी गरेर देश छोड्नेहरूको सङ्ख्या डरलाग्दो छ । नेपालबाट एकै दिनमा १५ सयदेखि तीन हजार जना सम्म नेपाली विदेश पलाएन हुने गरेको वैदेशिक विभागको तथ्याङ्कमा छ । यसरी युवा विदेश पलायन भइरहने हो भने एक दिन नेपालमा युवा शक्तिको ठुलो खडेरी पर्ने छ ।

अब रह्यो नेपालमै भविष्य छ भन्ने विषय । नेपालमा उत्पादन र रोजगारका विभिन्न सम्भावना हुँदाहुँदै पनि सरकारले त्यसलाई उपयोगमा चासो देखाएको पाइँदैन । अनुत्पादक क्षेत्रमा सरकारको लगानी बढी हुँदा अर्बौँ रुपैयाँ बालुवामा पानी खनाए जस्तै भएको छ ।

नेपाली युवाहरूलाई स्वदेशमै थमाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ । स्वदेशी उत्पादनलाई बढी भन्दा बढी उपयोगमा ल्याउने नीति बनाई कडाका साथ कार्यान्वयन गर्नुपर्छ । नेपाल कृषि, पर्यटन, विद्युत् र जडीबुटीको प्रचुर सम्भावना बोकेको मुलुक हो । सरकारले लगानी र व्यवस्थापनलाई वृद्धि गरेर यी क्षेत्रमा प्रशस्त रोजगार सिर्जना गर्न सक्छ ।

जनशक्ति उत्पादन गर्ने फ्याक्ट्री मात्र नेपाल
नेपाललाई जनशक्ति उत्पादन गर्ने फ्याक्ट्रीको रूपमा चित्रण गर्दा कतिपय देशभक्त नागरिकको मन दुख्छ होला । यो भन्दा उनीहरूको मन दुख्नु पनि स्वाभाविक हो । तर, नेपाली समाजको यर्थाथले यो वाक्यांशलाई पुष्टि गरेको छ ।

नौ महिना आमाको कोख, तीन वर्ष आमै काख अनि १८ वर्षपछि विदेशीको दास । पढाउने, हुर्काउने , सिकाउने नेपालमा अनि काम गर्ने विदेशमा । यो परिस्थिति नेपालीका लागि कुनै संस्थाले सिप युक्त जनशक्ति उत्पादन गरे सरह भइरहेको छ ।

रहर र बाध्यताले विदेश गएकाहरूको कुरा छोडौँ । नेपाली समाजमा देशमै केही गर्छू भनेर अगाडि बढेका युवाहरूलाई राज्यले दिने हौसला शून्य छ भने समाजले दिने उत्प्रेरणा उदेक लाग्दो छ ।

स्वदेशमै बसेका युवाहरूलाई अझ बारम्बार सोधिने गरिन्छ, ‘विदेश जाने हैन त ?’ जवाफ भुईँमा खस्न नपाउँदै अर्ति दिन थालिन्छ ‘नेपाल नबस, विदेश जाऊ, उतै छ तिमीहरूको भविष्य’ मन भित्र जवाफका अनेक पोकाहरू मडारिए पनि मुसुक्क मुस्कुराएर विचार गर्छु भन्दै बाटो लाग्नु बाहेक जवाफ फर्काउने शब्द फुर्दैन ।

नेपाल सरकारले युवालाई नेपालैमै रहने वातावरण नबनाइदिने हो भने केही वर्ष भित्रै लास उठाउने मान्छे नभेटिन सक्छन् । पुर्खाले दुःखले आर्जेर हामीलाई सुम्पेको देश आउने पीढीलाई हस्तान्तरण गर्न सकिन्छ वा सकिन्न भन्न मुस्किल पर्ने देखिन्छ । सरकारले विभिन्न क्षेत्रमाको सुधार गर्दै युवाहरूलाई देशमा अड्याउन युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ ।

सरकारले कृषि, पर्यटन, विद्युत्, ऊर्जा, जडीबुटीको क्षेत्रमा लगानी गरेका युवाहरूलाई सन्तुष्टि मात्र बनाउन सक्ने हो भने नेपालले रोजगारीमा एउटा जङ्ग जितेको छ भन्दा कुनै अस्वामिक ठहर नहोला ।

 

वि.सं.२०८१ माघ ७ सोमवार १३:३२ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...