back
CTIZAN AD

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वि.सं.२०८१ माघ ७ सोमवार

933 

shares

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन चीन सदैव प्रतिवद्ध रहेको जनाएका छन् ।

चिनियाँ उपराष्ट्रपति हानले अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्ससँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको महत्वपूर्ण सहमतिलाई पालना गर्न चीन सधैँ तयार रहेको बताएका हुन् । उनले राष्ट्रप्रमुखको कूटनीतिको रणनीतिक मार्गनिर्देशनको पालना गर्न चीनले अमेरिकासँग मिलेर काम गर्ने बताए ।

अमेरिकी पक्षको निमन्त्रणामा सीको विशेष प्रतिनिधिका रूपमा सोमबार ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन हान वासिङ्टन डिसी पुगेका छन् । भान्ससँगको भेटमा हानले सर्वप्रथम ट्रम्पलाई सीको शुभकामना सुनाएका थिए भने र भान्सलाई अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका थिए ।

हानले भने, “जबसम्म दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको हितका लागि सहकार्यको सिद्धान्तलाई कायम राख्छन्, तबसम्म उनीहरूले एकअर्काको प्रगतिमा योगदान पुर्याउनेछन्, दुई देशलाई फाइदा पु¥याउनेछन् र विश्व शान्ति र विकासमा महत्वपूर्ण योगदान दिनेछन् ।” उनले आर्थिक र व्यापारिक सम्बन्ध दुवै पक्षका साझा चासोका महत्वपूर्ण विषय भएको उल्लेख गरे ।

चीन र संयुक्त राज्य अमेरिकाबीच मतभेद र तनावका बावजुद, उनीहरूले व्यापक साझा हित र स्थानका लागि काम गरेका छन् र दुवै पक्षले यस सम्बन्धमा संवाद र परामर्शलाई बलियो बनाउन सहकार्य गर्ने हानले उपराष्ट्रपति भान्ससँगको भेतवार्तामा बताए । सिन्ह्वा

वि.सं.२०८१ माघ ७ सोमवार १३:१० मा प्रकाशित

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले...