back
CTIZAN AD

युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बित

वि.सं.२०८१ माघ ७ सोमवार

813 

shares

काठमाडौँ । चितवनमा एक युवकलाई निर्घात कुटपिट गर्ने असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेका छन् । पुस १५ गते भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा रातको समय सवारी चेकजाँचका क्रममा युवक कुट्ने अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई भुजेललाई निलम्बन गरिएको हो । उनले सवारी चालक अनुमतिपत्र र ब्लूबुक जाँच गर्ने क्रममा एक युवलाई निर्घात कुटपिट गरेका थिए ।

सो कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा छानविन समिति गठन गरेर अनुसन्धान थालेको थियो । घटनाबारे आवश्यक अनुसन्धान गरेर असई भुजेललाई निलम्बन गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए ।

भिडियोमा मोटरसाइकल चेकिङ गरिरहेका बेला ति युवकले कसैलाई फोन गर्न खोजेको देखिन्छ । त्यसपछि प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै युवकलाई कुटपिट गरेको देखिन्छ ।

प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर, प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।

वि.सं.२०८१ माघ ७ सोमवार १३:०५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...