back
CTIZAN AD

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

वि.सं.२०८१ माघ ७ सोमवार

768 

shares

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा मलेसियामा जारी आइसिसी यु-१९ महिला टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ । नेपालले स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् । नेपाल र स्कटल्यान्डले हालसम्म एक एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो ।

स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोलीमा कप्तान पूजा महतोसहित साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशाकुमारी यादव, कृष्मा गुरुङ, किरनकुमारी कुँवर, ज्योत्सिन्का मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायतले खेलिरहेका छन् ।

वि.सं.२०८१ माघ ७ सोमवार १२:४७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...