back
CTIZAN AD

जित पर्वतमा, खुशी प्रवासमा

वि.सं.२०७४ जेठ १५ सोमवार

756 

shares

pravasi-nepali-sang-bharat-ganatantra-diwas-1
चेन्नई २८ जुन । प्रवासी नेपाली संघ भारतको तमिलनाडु–पुदुचेरी संयुक्त राज्य समिति अन्र्तगतको दक्षिण चेन्नई नगर समितिले १० औ गणतन्त्र दिवश भब्यताका साथ मनाएको छ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको उक्त कार्यक्रममा गणतन्त्र दिवस कार्यक्रमका साथै सहभागिहरुले स्थानीय तहको निर्वाचनमा पार्टीको जितमा खुशी मनाएका थिए ।  कार्यक्रमस्थल नजिक पर्वतको मोदी गाँउपालिका क्षेत्रका प्रवासी नेपालीहरुको घनत्व अधिक रहेको उक्त क्षेत्रका प्रवासी नेपालीहरुले मोदी गाँउपालिकामा भएको नेकपा एमालेको बिजयोत्सवलाई पनि कार्यक्रम संग जोड्ने प्रयास गर्दै खाजा भुजा सहितको ब्यवस्था गरेका थिए ।

पर्वतको मोदी गाँउपालिका अन्तर्गतका तिलहार, देउपुर, देउराली, बाजुङ्ग, राम्जा, चित्रे लगाएतका आम प्रवासी नेपालीको उल्लेख्य उपस्थीति रहेको थियो । उहाँहरुले स्वतफुर्त रुपमा आफ्नै श्रोतबाट खाजाको ब्यवस्था गर्दै मोदी गाँउपालिका बिजेता प्रेम पौडेल सहितको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

pravasi-nepali-sang-bharat-ganatantra-diwas-3राज्य सदस्य मोहदत्त शर्माको अध्यक्षता र नगर सहसचिव रामचन्द्र पौडेलको संचालनमा अघि बढेको कार्यक्रमको व्यस्थापन स्थानिय सिमनचेरी प्रारम्भिक समितिले गरेको थियो । कार्यक्रममा संघका केन्द्रीय सचिव कृष्ण पालुवा प्रमुख अतिथि हुनुहुन्थ्यो भने केन्द्रीय सदस्य बेलदास चापगाँई, राज्य उपाध्यक्ष टिकाराम शर्मा, राज्य कोषाध्यक्ष तेजेन्द्रप्रसाद शर्मा र राज्य सदस्य शिवलाल थापा अतिथि हुनुहुथ्यो । कृष्ण प्रसाद चापगाँईको स्वागत मन्तब्य सहित बक्ताहरु रेशम पौडेल, गंगाधर शर्मा, शिव जिसीसहित अतिथिहरुले सम्बोधन गर्नुभएको थियो ।

pravasi-nepali-sang-bharat-ganatantra-diwas-2अतिथिहरुले गणतन्त्र प्राप्तीको आन्दोलन, संबिधान निमार्ण र सक्रमणकालिन अवस्था पार गर्दै अब कार्यन्वयनको चरणमा प्रवेश गरेको वर्तमान अवस्था सहित आन्दोलनको चरणमा प्रवासी नेपालीले पुराएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रमुख अतिथि पालुवाले प्रवासमा हामी सामाजीक अभियानलाई नै प्रमुखता दिएर संगठित र परिचालित हुने गरे पनि जन्त जादाँ जन्ती र मलम जादाँ मलामी भने झै अहिले देश भित्रको चुनावी महौलले सबेलाई तानेको बताउनु भएको थियो । हिजो फरक फरक धारमा रहेर सर्घष गरेपनि गणतन्त्रको निम्ति भएको दोस्रो जनआन्दोलन देखी प्रायः सबै राजनैतिक शक्ती एउटै डुगांमा सहयात्रा गरिरहेकोले प्रवासमा बस्ने सबै राजनैतिक आक्षेपबाट माथी उठ्नु पर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।

कार्यक्रममा रुद्र वहादुर पौडेल, होमबहादुर सुनार, अग्निधर पौडेल, सुजन केसी र उद्धव सहित पाँच जना प्रवासी नेपाली संघमा आवद्ध हुनुभएको थियो। उहाँहरुलाई प्रमुख अतिथिले अविरवादन सहित संघमा स्वागत गर्नुभएको थियो।

वि.सं.२०७४ जेठ १५ सोमवार ०४:३८ मा प्रकाशित