back
CTIZAN AD

विरुवा गाउँपालिकामा सँगुर, बंगुर ओसारपोसारमा रोक

वि.सं.२०८१ माघ २० आइतवार

1.7K 

shares

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकाले सँगुर, बंगुर ओसारपोसारमा रोक लगाएको छ । पुतलिबजार नगरपालिकाका विभिन्न ठाउँहरुमा बंगुर, सुँगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर फैलिरहेको भन्दै माहामारीको सम्भावित जोखिमबाट विरुवा गाउँपलिका क्षेत्रमा पालिएका बंगुर, सुँगुर बंदेललाई जोगाउन ओसारपसार पूर्णरुपमा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जनाएका छन् ।

गाउँपालिकाले एक सूचना जारी गर्दै अफ्रिकन स्वाइन फिबरका रोगी पशुहरु र त्यस्ता पशुको मासु, र्याल, रगत, मलमुत्र, तिनिहरुको लसपसमा आएको दानापानी र रोग लागेका फार्ममा काम गर्दा लगाएका कपडा, जुत्ताचप्पलको सम्पर्कबाट सजिलै संक्रमण फैलिने हुँदा रोक फैलन नदिन सचेतना अपनाउन आग्रह गरिएको अधिकृत आचार्यको भनाई छ ।

फार्ममा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्ने, बंगुर सुँगुर पालिएका खोर र फार्म परिसरमा नियमित सरसफाई गरि चुना, ब्लिचिंग पाउडर, फिनेल, फर्मालिन जस्ता बजारमा उपलब्ध निःसंक्रमक रसायन प्रयोग गरि निःसंक्रमण गर्ने, अनावश्यक रुपमा अरुको खोर/फार्ममा नजाने, घरपालुवा बंगुर÷सुँगुरलाइ जंगली बँदेलको सम्पर्कमा आउन नदिने लगायतका सचेना अपनाउन पालिकाले सूचनामा भनेको छ ।

यस्तै होटल, रेस्टुरेन्ट, बधशाला, मासु पसलबाट निस्किने फोहोर खाना नखुवाउने, रोगको शंका लागेका पशुहरुलाइ बथानबाट छुट्टाएर अलग्गै राख्ने र तुरुन्तै विरुवा गाउँपालिकाको पशुपन्छी विकास शाखा वा भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जामा खबर गर्न सूचना मार्फत पालिकाको आग्रह छ ।

 

वि.सं.२०८१ माघ २० आइतवार १५:४२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...