back
CTIZAN AD

पालिकाद्वारा लोपोन्मुख गिद्ध संरक्षणको पहलकदमी

वि.सं.२०८१ माघ २० आइतवार

480 

shares

महोत्तरी । जिल्लाको बर्दिबासमा लोपोन्मुख पक्षी गिद्ध संरक्षणको पहलकदमी थालिएको छ । बर्दिबास–३ को वनक्षेत्रमा पर्ने थुम्कोमा समूहमा बस्दै आएका गिद्ध भेटिएपछि नगरपालिकाले संरक्षणका लागि संस्थागत पहलकदमी थालेको हो ।

नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिलाई गिद्ध संरक्षणको जिम्मेवारी दिएको छ । पछिल्लो पटक समितिले लोपोन्मुख पक्षी गिद्ध र दुर्लभ चराचुरुङ्गी तथा वातावरण संरक्षण उपसमिति बनाएर संरक्षणको काम अघि बढाएको नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले बताए । उपसमितिले तत्काल गिद्ध संरक्षणको पहलकदमी बढाउनुका साथै संरक्षण गर्नुपर्ने अन्य चराचुरुङ्गी र वातावरण संरक्षणका गतिविधिको रुपरेखा तयार गरिरहेको उनले जानकारी दिए ।

“यसअघि पर्यटन व्यवसायी हीरालाल गौतमको संयोजकत्वमा संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति बनाइसकेका छौँ, त्यो समितिले काम थालिसकेको छ”, क्षत्रीले भने, “यहाँ भेटिएका गिद्धसहित अन्य दुर्लभ पक्षीको संरक्षणमा समितिले उपसमितिमार्फत योजनाबद्ध काम अघि बढाउने तालिका बनाएको छ ।”

गत वर्ष बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा १० सामाजिक सङ्घ संस्थाले यहाँका पर्यटकीय गन्तव्यको पहिचान गरी पदयात्रा सुरु गरेको थियो । पदयात्राका क्रममा यात्रीले समूहमा गिद्ध देखेपछि यसबारे संरक्षण गर्नुपर्ने सुझाव दिएपछि नगरले पहल थालेको प्रमुख क्षत्रीले बताए ।

पदयात्रामा सहभागी विशाल बस्नेत गिद्ध, चराचुरुङ्गी तथा वातावरण उपसमितिको संयोजक तोकिनु भएपछि यो कामले गति लिने विश्वास लिइएको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक गौतमले बताए । “हामीले धार्मिक, सांस्कृतिक, सामाजिक र वातावरणका क्षेत्रमा गरिनुपर्ने कामको सूची बनाएर अघि बढेका छौँ, हाम्रा कामले यहाँको पर्यटन प्रवद्र्धन हुने विश्वास छ”, उनले भने ।

बर्दिबास–३ का पुरातात्विक महत्वकास्थल राइमण्डलधाम, पाषाण युगकालीन हतियार कारखाना, परेवापाखा र सोलीघोप्टेडाँडाको सेरोफेरो राइमण्डलडाँडाको थुम्कोमा पछिल्लो पटक भेटिएका गिद्ध संरक्षणको काम पहिलो प्राथमिकतामा अघि बढाइएको समितिले जनाएको छ । गिद्ध भेटिएको थुम्कोलाई अब गिद्धबास भनिन थालिएको छ ।

चुरेले जिल्लाको सबै भेग समेटेको बर्दिबासमा पर्यटन प्रवद्र्धनका कामले गति लिने सर्वसाधारणले विश्वास लिएका छन् । गिद्धबास पनि यहाँको पर्यटकीय गन्तव्य हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै यसलाई संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले आफ्नो कार्यक्षेत्रमा पारी योजनाबद्ध पहलकदमी बढाएको नगरप्रमुख क्षत्रीले स्पष्ट पारे ।

गिद्धबासमा एक हजारभन्दा बढी गिद्ध रहेकाले यसको संरक्षणलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने उपसमितिका संयोजक बस्नेतले बताए । मुलुकको नवलपरासी जिल्लास्थित कावासोतीको पिठौली वनक्षेत्रमा ‘जटायु रेष्टुरेन्ट’ बनाएर गिद्ध संरक्षणको पहलकदमी थालिए यहाँ पनि रचनात्मक काम थालिने योजना बनाइएको उनले जानकारी दिए ।

जिल्लामा तीन दशक अघिसम्म ठूलाठूला मिलका रुखमा बस्ने गिद्ध ती रुख मासिँदै गएपछि देखिन छाडेका स्थानीय ७० वर्षीय बिसुनदेव महतोले बताए । बस्तीका चउरमा विषाक्त घाँस खाएर मरेका पशुवस्तुको सिनो खानाले पनि गिद्ध मासिएका उनको बुझाइ छ । “मधेसमा केही दशक पहिले पशुको छाला ठेक्का लिने ठेकदारले चउरमा विष छर्केर काम गर्दथे । त्यही सिनो खाएर गिद्ध पनि मर्न थालेपछि लोप हुँदै गएका हुन्”, उनले भने ।

जताततै मासिँदै गएका बेला लोपोन्मुख पक्षी गिद्ध आफ्नो ठाउँमा देखिनुलाई अवसरका रूपमा लिएर संरक्षणमा सबै जुट्नुपर्ने स्थानीय टेकबहादुर बस्नेतले प्रतिक्रिया दिए । पछिल्लो समय गिद्ध संरक्षण व्यवस्थित बन्दै गए पनि यससम्बन्धी अध्ययन, अनुसन्धान गर्नेहरू कम रहेका बर्दिबास–३ गौरीडाँडास्थित जनता माविका पूर्वप्रधानाध्यापक दीपकराज बरालले बताए । लोपोन्मुख पक्षीसम्बन्धी अध्ययन, अनुसन्धान गर्नेहरूलाई तीनै तहका सरकारले प्रोत्साहनमूलक योजना ल्याएर प्रेरित गर्नुपर्नेमा उनले जोड दिए । रासस/फाइल फोटो

 

वि.सं.२०८१ माघ २० आइतवार १५:२० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...