back
CTIZAN AD

जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी

वि.सं.२०८१ माघ २० आइतवार

654 

shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दोस्रो पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबारदेखि सुरु भएको बैठकमा आज पनि बिषयगत छलफल भइरहेको छ ।

बैठकमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पेस गरेको एजेन्डामा केन्द्रीत भएर छलफल भईरहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । कार्यकारिणी समितिको बैठकमा खासगरी पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा हुँदैछ ।

‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिनादेखि जारी अभियानको समीक्षा मुख्य एजेन्डा रहेको सचिवालयले जनाएको छ । दुई दिने बैठकको पहिलो दिन कार्यकारिणी समितिका २३ सदस्यले अभियान सम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए ।

बाकी रहेका सदस्यले बैठकको दोस्रो दिन आ–आफ्नो जिम्मेबारी र तोकिएको कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गर्दैछन् । यसअघि उक्त अभियानको समयावधि दुई महिना थप गरी माघ मसान्तसम्मलाई थप गरिएको थियो । मधेस केन्द्रित ८ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएको अध्यादेश र ताप्लेजुङमा चलिरहेको नो केबलकार आन्दोलन लगायत माथिको छलफल बैठकको मुख्य एजेन्डा रहेको छ ।

वर्तमान अवस्थामा पार्टी संठन निर्माणलाई तीव्रता दिन कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे बैठकमा कार्यकारिणी सदस्यहरुले धारणा राखिरहेका छन् । दुईदिनदेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ ।

वि.सं.२०८१ माघ २० आइतवार १४:५५ मा प्रकाशित

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...