back

जसपा नेपालको कार्यकारिणी समितिको बैठक दोस्रो दिन पनि जारी

वि.सं.२०८१ माघ २० आइतवार

132 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दोस्रो पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबारदेखि सुरु भएको बैठकमा आज पनि बिषयगत छलफल भइरहेको छ ।

बैठकमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पेस गरेको एजेन्डामा केन्द्रीत भएर छलफल भईरहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । कार्यकारिणी समितिको बैठकमा खासगरी पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा हुँदैछ ।

‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिनादेखि जारी अभियानको समीक्षा मुख्य एजेन्डा रहेको सचिवालयले जनाएको छ । दुई दिने बैठकको पहिलो दिन कार्यकारिणी समितिका २३ सदस्यले अभियान सम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए ।

बाकी रहेका सदस्यले बैठकको दोस्रो दिन आ–आफ्नो जिम्मेबारी र तोकिएको कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गर्दैछन् । यसअघि उक्त अभियानको समयावधि दुई महिना थप गरी माघ मसान्तसम्मलाई थप गरिएको थियो । मधेस केन्द्रित ८ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएको अध्यादेश र ताप्लेजुङमा चलिरहेको नो केबलकार आन्दोलन लगायत माथिको छलफल बैठकको मुख्य एजेन्डा रहेको छ ।

वर्तमान अवस्थामा पार्टी संठन निर्माणलाई तीव्रता दिन कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे बैठकमा कार्यकारिणी सदस्यहरुले धारणा राखिरहेका छन् । दुईदिनदेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ ।

वि.सं.२०८१ माघ २० आइतवार १४:५५ मा प्रकाशित

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका...

आगलागीमा तीन जनाको मृत्यु

आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा...

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त...

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

‘लगानीको वातावरण बनाउन सरकार तयार’

‘लगानीको वातावरण बनाउन सरकार तयार’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको...

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको...