back
CTIZAN AD

सामुदायिक विद्यालयमा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति अक्षयकोष स्थापना

वि.सं.२०८१ माघ २२ मंगलवार

672 

shares

म्याग्दी (बेनी) । यहाँको रघुगङ्गा गाउँपालिका-२ र ३ राखु भगवती, पिप्ले क्षेत्रका सामुदायिक विद्यालयमा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति दिन रु सात लाखको अक्षयकोष स्थापना गरिएको छ ।

रघुगङ्गा गाउँपालिका–२ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आएका खिमबहादुर क्षेत्रीले यहाँका १० वटा सामुदायिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेका थिए । माध्यमिक विद्यालयहरु ज्ञानोदय मावि, रघुगङ्गा मावि, मुक्तिधाम मावि र कक्षा ८ सम्म पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा रु एक/एक लाख राशिको अक्षयकोष स्थापना गरिएको छ ।

त्यसैगरी, हिमालय आधारभूत, मालिका आधारभूत, अमरसिंह आधारभूत, अन्नपूर्ण आधारभूत, देउराली आधारभूत र धौलागिरि आधारभूत विद्यालयमा रु ५० /५० हजार राशिको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषदाता क्षेत्रीले आइतबार गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित प्रभु बैङ्कमार्फत सम्बन्धित विद्यालयको मुद्दति खातामा जम्मा हुनेगरी अक्षयकोष रकम हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अक्षयकोषदाता क्षेत्री र विद्यालयका प्रधानाध्यापकहरुबीच अक्षयकोष परिचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कोषको ब्याज रकमबाट वार्षिक रुपमा विद्यालयका अनाथ र विपन्न छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत अनाथ तथा विपन्न छात्रछात्राहरुको शिक्षामा सहज पहुँच पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरेको क्षेत्रीले बताए । उनले यसअघि ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका लागि समेत रु ५० हजारको मुद्दति कोष स्थापना गरेका  थिए। रासस

 

वि.सं.२०८१ माघ २२ मंगलवार १२:१९ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...