back
CTIZAN AD

नेपाल टेलिकमको २१औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

वि.सं.२०८१ माघ २३ बुधवार

759 

shares

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव कार्यक्रम आज (२०८१ माघ २२ गते) सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले अध्यक्षता गरेका थिए ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थान मध्येकै सबैभन्दा गौरवशाली इतिहास बोकेको संस्था भएको उल्लेख गरे । मन्त्री गुरुङले हाल दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै नेपाल टेलिकमको समेत कार्यदक्षतामा परेको प्रभावको समीक्षा गर्दै सुधार गर्न आवश्यक रहेको कुरा व्यक्त गरे ।

उपभोक्ताको चाहना अनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानमा ४ सेवा पु¥याउनका लागि बदलिँदो परिवेशसँग सुहाउँदो सेवाका क्षेत्रहरु पहिहान गरी त्यसतर्फ ध्यान आकर्षण गर्न आग्रह गर्नुहुँदै मन्त्री गुरुङले नेपाल सरकारले समयसापेक्ष रुपमा दूरसञ्चार सम्बन्धी नीति नियममा परिमार्जन गर्दै टेलिकमको व्यवस्थित सञ्चालनका लागि सहयोग गर्ने धारणा व्यक्त गरे । उनले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि सेवाको विस्तार सँगै गुणस्तर सुधारमा ध्यान दिन निर्देशन दिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले सर्वसुलभ रूपमा आम उपभोक्ताहरूलाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने क्रममा देशका भौगोलिक रूपमा अत्यन्त विकट र दुर्गम स्थानमा समेत सेवाको पहुँच विस्तार गर्न नेपाल टेलिकमको योगदानको प्रशंसा गर्दै आगामी दिनमा बजारको प्रतिस्पर्धा र ग्राहक वर्गको आवश्यकता बमोजिम सेवाको विविधीकरण गर्दै उचित बजारीकरण रणनीति अपनाएर ग्राहकका गुनासाहरुलाई शीघ्र सम्बोधन गर्न र कर्मचारी परिचालनमा तथा कार्य संस्कृतिमा समयानुकूल सुधार गर्दै अगाडि बढ्न आग्रह गरे ।

उनले समस्त देशवासीलाई दूरसञ्चार सेवाको सहज उपभोग गर्न पाउने अवस्थाको सुनिश्चितता गर्दै डिजिटल विभाजन न्यूनीकरण गर्दै मुलुकलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा अझै योगदान गर्न कम्पनी सफल हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम हालसम्म अग्रणी भूमिकामा रहेको र आगामी दिनमा पनि अग्रणी स्थानमा रहेर सेवा प्रदान गर्न सक्षम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सो को प्राप्तिका लागि कम्पनीलाई समय सापेक्ष सुधार गरेर अगाडि बढ्न र ग्राहक अनुभव तथा पृष्ठपोषणको विस्तृत अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोक बहादुर कटुवालले आम कर्मचारी वृत्तिविकासको सुनिश्चितताको अवसरलाई खुला राख्न आग्राह गर्दै प्रतिस्पर्धी वातावरणमा कम्पनीको स्थायित्वको लागि मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरे ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७वटै जिल्लामा फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर बृद्धि भइरहेको र ४ डाटाको खपत उल्लेखनीय रूपमा वृद्धि भई हाल कुल मोबाइल डाटा खपतको ९०% भन्दा बढी हिस्सा ४न् सेवाले ओगटेको बताए ।

उनले ग्रामिण दूरसञ्चार विकास कोष मार्फत जडान भएका इउतष्अब िँष्दभच ल्भतधयचप हरुको सह–प्रयोगको थालनी गरिएको, हाइवे नेटवर्क सुधारको कार्य निरन्तर अगाडि बढिरहेको र यथाशीघ्र फाइभजी प्रविधि भित्र्याउने तर्फ प्राथमिकताका साथ कार्य भइरहेको समेत बताए ।

साथसाथै वार्षिकोत्सवको अवसरमा आजकै दिन देखि ख्यध्ष्ँष् सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको र नेपाल टेलिकम एप र वेबसाइट मार्फत भक्क्ष्ः सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोले ग्राहकले अब भक्क्ष्ः लिनको को लागि काउन्टर सम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको जानकारी पनि दिए ।

कम्पनीले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वातावरण संरक्षण, प्रकोप व्यवस्थापन, गरिवी निवारण, उद्यमशीलता र खेलकुदका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै प्रबन्ध निर्देशक पहाडीले सोही अन्तर्गत २०८१ सालको क्भ्भ् परीक्षामा सहभागी हुने विकट क्षेत्रका सरकारी र सामुदायिक विद्यालयका २ लाख विद्यार्थीलाई अनलाइन माध्यमबाट निःशुल्क शिक्षा सेवा उपलब्ध गराउन सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा देशका ३ अन्तर्राष्ट्रिय र ३१ आन्तरिक विमानस्थलमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने, विभिन्न सामुदायिक पुस्तकालयहरूमा इ–लाइब्रेरी सेवा उपलब्ध गराउने, दृष्टिविहिन र वृद्ध नागरिकलाई कम्प्युटर, सेतो छडी र थर्मस जस्ता उपयोगी सामग्री उपलब्ध गराउने, विगतमा जस्तै बाढी, पहिरो र भूकम्प आदि प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने तथा विशेष महत्त्वका पार्कहरू, धार्मिक एवम् सांस्कृतिक महत्वका स्थलहरुको सौन्दर्य र हरियाली वृद्धिमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने समेत उल्लेख गरे ।

कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रादेशिक निर्देशनालय, उप–प्रादेशिक निर्देशनालय नेपालगञ्ज र वायरलेस सेवा निर्देशनालयबाट सबैभन्दा बढी रकमको कारोबार गर्ने रिचार्जकार्ड बिक्रेताहरु तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुका साथै आइभीआर १९८ मा मर्मतका लागि गुनासो दर्ता भई सोही दिन अत्यधिक लाइन मर्मत गर्ने सातै प्रदेशका १÷१ दूरसञ्चार कार्यालयलाई सम्मान गरिएको थियो ।

साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । एक्काइसौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले कर्णाली प्रदेश अन्तर्गत सञ्चालनमा रहेको सम्पूर्ण कपर प्रविधिमा आधारित उपकरणलाई फाइबर प्रविधिमा रुपान्तरण गर्दै आजकै मितिदेखि कर्णाली प्रदेशलाई कपर प्रविधि मुक्त घोषणा गरे । उनले आजै बाट व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको ख्यध्ष्ँष् सेवाको समेत शुभारम्भ गरे ।

यसै अवसरमा कम्पनीले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिकाको खालीखर्क तथा डोल्पा जिल्लाको ठूली भेरी नगरपालिकामा ४ सेवाका बीटीएस स्थापना गरी सेवा सञ्चालन गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक एनीभर्सरी प्याकेज सञ्चालनमा ल्याएको छ । ८१४१५८११३ डायल गरेर वा ल्त् ब्उउ तथा कम्पनीको वेबपेज मार्फत उक्त प्याकेजहरु खरिद गर्न सकिनेछ ।

वि.सं.२०८१ माघ २३ बुधवार ११:३३ मा प्रकाशित

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो...

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (युएई)का...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...